वि.सं. २०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– पञ्चमी, २४:३१ बजेउप्रान्त षष्ठी। नक्षत्र– विशाखा, ११:१९ बजेउप्रान्त अनुराधा। योग– वज्र, २२:२४ बजेउप्रान्त सिद्धि। करण– कौलव, १२:४६ बजेदेखि तैतिल, २४:३१ बजेउप्रान्त गर। आनन्दादिमा मित्र योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १८:१७ बजे र दिनमान ३० घडी २९ पला। सर्वार्थसिद्धि योग
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आध्यात्मिक दृष्टिबाट तपाइँलाई आजको दिन अद्वितीय अनुभव हुनेछ । तपाइँलाई रहश्यमय विद्या तथा तयस सम्बन्धी कुराहरु प्रति विशेष आकर्षण हुनेछ । आज आध्यात्मिक सिद्धि मिल्ने योग पनि रहेको छ । वाणी तथा घृणाको भावनामा संयम राख्नु होला । नयाँ कार्यको प्रारम्भ नगर्नु होला । सके सम्म प्रवासलाई स्थगित गर्नु उचित हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तपाइँको गृहस्थी जिवनमा सुखको अनुभव हुनेछ । परिवारजन तथा नजिकको स्नेहीजनको साथ प्रशन्न वातावरणमा भोजनको आनन्द लिन सक्नु हुनेछ । साथमा छोटो प्रवासको आयोजना पनि गर्न सक्नु हुनेछ । तपाइँ माथि लक्ष्मीको आकस्मिक कृपा हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन तपाइँको लागी शुभ फलदायी रहनेछ । घरमा शान्ती र आनन्दको वातावरण बन्नेछ । तपाइँको अधुरा काम सम्पन्न हुने हुँदा यश र किर्ति मिल्नेछ । आर्थिक लाभ पनि हुनेछ । खर्चको मात्रा बढ्न सक्छ तर खर्च निरर्थक जाँदैन । शारीरिक स्वास्थ्य राम्रो रहनेछ । स्वभावमा क्रोधको मात्रा बढ्न सक्नेछ । वाणीमा संयमता अपनाउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन शान्तीपूर्वक बित्नेछ । शारिरीक तथा मानसिक आरोग्य खासै राम्रो देखिंदैन । शारीरिक रुपले पेटको समस्या हुनेछ भने मानसिक चिन्ताले पनि सताउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शारीरिक रुपले अस्वस्थता र मानसिक रुपले व्याकुलता रहनेछ । घरमा स्वजनको साथ मनमुटावले निराशा छाउन सक्छ । सरकारी तथा सम्पति सम्बन्धित महत्वपुर्ण पत्रमा सहि गर्दा सावधानी अपनाउनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै पनि कार्य गर्दा सिचेरा बुझेर मत्रेअ अघि बढ्नु होला । भाइ-बहिनिको साथ राम्रो सम्बन्ध रहनेछ । प्रत्येक कार्यमा सफलता मिल्ने सम्भावना देखिन्छ । आर्थिक लाभको अधिक सम्भावना रहेको छ । समाजमा मान-समान मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाइँको मनोबल कम्जोर रहनेछ । कार्य निर्णयमा कठिनाइ आउन सक्छ । नयाँ कार्य तथा महत्वपुर्ण निर्णय आज नगर्दा नै उचित हुनेछ । परिवारजनको साथ वादविवाद नहोस यसको लागी वाणीमा संयमता अपनाउनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन तपाइँको लागी शुभ रहेको छ । शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहेको छ । परिवारको सदस्यको साथ आनन्दपूर्ण समय बित्नेछ । स्वजनसंग भेट तथा उपहारको योग रहेको छ । शुभ समाचार मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन केहि कष्टदायक रहनेछ । परिवारजनको साथ मनमुटावको प्रसङ्ग उत्पन्न हुनेछ । स्वभावमा उग्रता तथा आवेश हुने हुँदा वादविवादमा पारिनेछ । स्वास्थ्य राम्रो रहँदैन । व्यर्थको कार्यमा शान्ती नष्ट हुनेछ । वाणी तथा व्यवहारमा संयमता अपनाउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा लाभ हुनेछ । मित्र तथा सम्बन्धी संगको भेट लाभदायक रहनेछ । विवाहोत्सुकको लागी विवाहको प्रसङ्गमा सफलता मिल्नेछ । पत्नीको स्वास्थ्यमा समस्या आउँदा मन चिन्तित रहनेछ । स्त्री तथा पुत्रबाट सहयोग प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाइँको हरेक कार्य सरलता पूर्वक सम्पन्न हुनेछ । गृहस्थी जिवनमा आनन्द छाउनेछ । मान-सम्मानमा व्रिध्ही हुनेछ । व्यवसायमा सफलता मिल्नेछ । शिर्ष अधिकारीको आशिर्वाद मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मनमा व्याकुलता एवम अशान्ती छाउनेछ । शारीरिक रुपले थकान महशुस हुनेछ । सन्तानको विषयमा चिंत्गा सताउनेछ । व्यर्थ खर्च हुनेछ । पेटमा समस्या आउनेछ ।