वि.सं. २०७६ जेठ २५। शनिबार। इ.स. २०१९ जुन ८। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। पञ्चमी, ७:१८ बजेदेखि षष्ठी, २८:५३ उप्रान्त सप्तमी। नक्षत्र– अश्लेषा, १९:४० बजेउप्रान्त मघा। योग– व्याघात, १९:५९ बजेउप्रान्त हर्षण। करण– वालव, ७:१८ बजेदेखि कौलव, १८:०६ बजेपछि तैतिल, २८:५३ बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। चन्द्रराशि– कर्कट, १९:४० बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी २८ पला। कुमार–षष्ठी। सिथिनख। भक्तपुरमा चण्डी भगवती यात्रा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज हरेक कदम सम्हालेर उठाउनुहोला । आसपासका स्वजनको साथ उग्र चर्चा नहोस् त्यसको विशेष ध्यान राख्नु होला । शारीरिक र मानसिक रुपले व्यग्रताको अनुभव गर्नु हुनेछ । अनिद्राको कारण स्वास्थ्य बिग्रन सक्दछ । बौद्धिक चर्चाले आनन्द त प्राप्त हुन सक्दछ तर ति बाट टाढा रहनु होला । सम्भवत प्रवासलाई स्थगित गर्नु होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भावनाको बन्धनमा बाँधिएको अनुभव हुनेछ । दिनमा कार्य सम्पन्न हुँदा आनन्दको मात्रामा वृद्धि हुनेछ । भाई-बहिनिबाट लाभ हुनेछ । शारीरिक र मानसिक रुपले प्रफुल्लितताको अनुभव गर्नु हुनेछ । आर्थिक लाभको योग छ । यद्यपी मध्याहन पश्चातको स्थिति विपरीत हुने सम्भावना छ । अधिक धन खर्च र अपयश प्राप्त हुने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नकारात्मक मानसिक व्यवहार नराख्नु होला । अशंतोषको भावनाले मन ग्रस्त रहनेछ । पारिवारिक वातावरणमा मेलजोल रहँदैन । शारीरिक रुपले पनि स्वस्थ रहनु हुँदैन । पढाई लेखाइमा विद्यार्थीको मन लाग्दैन । यद्यपी मध्याहन पश्चात मन प्रफुल्लित रहनेछ । आज कुनै पनि नयाँ कार्यको प्रारम्भ नगर्नु होला । प्रतिस्पर्धी माथी विजय प्राप्त गर्नु हुनेछ । स्वजनको साथको भेटले मन आनन्दित रहनेछ । आनन्ददायी प्रवास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
भावनाको प्रभावमा नआउनु होला । छोटो प्रवास या पर्यटनको सम्भावना छ । स्वास्थ्य राम्रो रहनुका साथै मन प्रफुलित रहनेछ । यद्यपी मध्याहन पश्चात मनमा निराषताको भावना आउँदा मन अस्वस्थ रहनेछ । अनैतिक प्रवित्तिले मन भ्रष्ट नहोस् यसको विशेष ध्यान राख्नु होला । अधिक धन खर्च हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाइँ कुनै पनि निर्णय लिने स्थितिमा रहनु हुने छैन त्यसैले आवश्यक निर्णय आज नलिनु होला । पारिवारिक कार्यमा धन खर्च हुनेछ । वाणीमा संयम राख्नु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाइँको दिन मध्यम फलदायी रहनेछ । अनुकूल परिस्थिति रहनेछ । शारीरिक र मानसिक रूपले सुख शान्ती रहनेछ । व्यावसायिक क्षेत्रमा पनि अनुकुल वातावरण रहनेछ । त्यसैले आज कुनै पनि महत्वपूर्ण निर्णय लिनमा वाधा आउनेछ । मध्याहन पश्चात तपाइँको मनको स्थिति द्विधापूर्ण रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक वातावरण आनंदप्रद रहनेछ । परिवारको सदस्यको साथ प्रेमपूर्ण व्यवहार रहनेछ । घरको साज-सजावटमा परिवर्तन आउँदा मानसिक स्वस्थतामा वृद्धि हुनेछ । आर्थिक आयोजन निष्ठापूर्वक संपन्न गर्न सक्नु हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
भाग्यवृद्धिको दिन रहेको छ । विदेश स्थित स्नेहीजनबाट राम्रो समाचार प्राप्त हुनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । धार्मिक प्रवासको सम्भावना छ । धन लाभको योग पनि रहेको छ । प्रत्येक कार्य सफल हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रातःकालको समय शारीरिक स्वास्थ्यमा केही खराबी आउनेछ । निषेधात्मक विचारले मनको स्वस्थतामा नकारात्मक असर पुर्याउने हुँदा वैचारिक स्तरमा संयम राख्नु आवश्यक छ । आकस्मिक धनप्राप्तिको योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाइँको मनले वैचारिक धरातलमा मानसिक व्यग्रताको अनुभव गर्नेछ । अपेक्षाकृत अधिक संवेदशीलता र भावनाले मनमा आर्द्रताको अनुभव हुनेछ । आज कसैको साथ वादविवादमा नउत्रिनु होला । नयाँ कार्यको प्रारम्भमा निष्फलता मिल्नेछ । जिवनसाथीको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन सुख-शांतिपूर्वक बित्नेछ । पारिवारिक जीवनमा पनि आनन्द छाउनेछ । शारीरिक र मानसिक स्वस्थता प्राप्त हुनेछ । आनंद-प्रमोदको साथ वाहनसुख मिल्नेछ । व्यावसायिक क्षेत्रमा कृति प्राप्त हुनेछ । छोटो प्रवास या पर्यटनको सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आज विजातीय आकर्षणबाट टाढा रहनु नै उचित हुनेछ । कुनै पनि व्यक्तिको साथ साथ बौद्धिक चर्चा या वाद-विवाद नगर्नु होला । नयाँ कार्यको प्रारम्भ नगर्नु नै उचित हुनेछ । मध्याहन पश्चात स्थितिमा आकस्मिक सुधार आउनेछ । शारीरिक र मानसिक रूपले स्वस्थताको अनुभव गर्नु हुनेछ ।