कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज जेष्ठ १६ गते बिहिबारको राशिफल !

वि.सं. २०७६ जेठ १६। बिहीबार। इ.स. २०१९ मे ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। एकादशी, १५:०८ उप्रान्त द्वादशी। नक्षत्र– रेवती, २२:०९ बजेउप्रान्त अश्विनी। योग– आयुष्मान्, १३:४८ बजेउप्रान्त सौभाग्य। करण– वालव, १५:०८ बजेदेखि कौलव, २७:४० बजेउप्रान्त तैतिल। आनन्दादिमा मित्र योग। चन्द्रराशि– मीन, २२:०९ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५:११ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३४ घडी १४ पला। पञ्चक २२ः०९ बजे समाप्ति। अपरा एकादशी व्रत। सर्वार्थसिद्धि याेग अहाेरात्र।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आजको दिन विशेष रुपमा धार्मिक र आध्यात्मिक प्रवृत्ति रहनेछ । मनमा द्विविधा रहँदा कुनै ठोस निर्णय लिन सक्नु हुने छैन । पैशाको लेन देन या आर्थिक व्यवहार गर्न सक्नु हुने छैन । शारीरिक र मानसिक बेचेनीको अनुभव हुनेछ । धार्मिक कार्यमा धन खर्च हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापारमा वृद्धि हुनुका स्थाई व्यापारमा गरिएका सम्झौता लाभदायक हुनेछन् । आयको श्रोतमा वृद्धि हुनेछ । मित्र वर्ग संग लाभदायक र सुखद क्षणको अनुभव हुनेछ । दांपत्यजीवनमा शन्तोष र आनन्द रहनेछ । पर्यटनको आयोजना हुनेछ । महिला वर्गको तर्फबाट मान-सम्मान र लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शारीरिक र मानसिक सुख हुनेछ । व्यवसायमा परिश्रमको मुहाव्जा मिलेको प्रतित हुनेछ । अधिकारी वर्गको प्रोत्साहनले उत्साह बढ्नेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । कौटुम्बिक माहोल आनन्दमय रहनेछ । पिताबाट लाभ हुनेछ । सरकारी कार्य पूर्ण गरन सरलता हुनेछ । दाम्पत्य जिवनमा सुख र आनन्द अनुभव गर्नु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज तपाइँको भाग्रा वृद्धिको साथ आकस्मिक धन लाभ हुनेछ । विदेश जना इच्छुकहरु आफ्नो प्रयासमा सफल रहनु हुनेछ । विदेशबाट राम्रो समाचार आउनेछन् । धार्मिक कार्य या यात्राको लागी धन खर्च हुनेछ । पारिवारिक सदस्य र पदाधिकारीहरुको साथ सुखमय दिन बित्नेछ । नोकरी गर्नेहरुलाई लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यको ध्यान राख्नु होला । स्वास्थ्य बिग्रदा धन खर्च हुन सक्ने सम्भावना छ । निषेधात्मक विचारले गलत मार्गमा लैजान सक्ने छ । पारिवारिक सदस्यको साथ मनमुटाव हुन सक्दछ । अनैतिक कार्यबाट बदनामी हुने योग छ । इष्टदेवको नाम स्मरण र आध्यात्मिक विचारले सहि मार्गदर्शन गर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम्पत्यजिवनमा सुखद क्षणको अनुभव गर्नु हुनेछ । सामाजिक र सार्वजनीक क्षेत्रमा ख्याती र प्रतिष्ठा प्राप्त गर्न सक्नु हुनेछ । मनोरंजनमा भाग लिने अवसर प्राप्त हुनेछ । वास्त्राभुषण र वहानको खरिद हुनेछ । धन लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्य राम्रो रहनेछ बिमारी व्यक्तिको स्वास्थ्यमा पनि सुधार आउनेछ । घरमा सुख शान्तीको वातावरण रहनेछ । कार्यमा सफलता र यश मिल्दा उत्साह बढ्नेछ । नोकरीमा सहकर्मीको साथ रार सहयोग मिल्नेछ । प्रतिस्पर्धी पराजय हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज कुनै यात्रा प्रवासको आयोजना नगर्नु होला । स्वास्थ्यको सम्बन्धमा चिन्तित रहनु हुनेछ । सन्तानको सम्बन्धमा समस्या आउनेछ । स्वाभिमान भंग नहोस् यसको ख्याल राख्नु होला । बौद्धिक चर्चा या वाद-विवादमा भाग लिनु लाभदायक रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अत्यधिक संवेदनशीलताको कारण मानसिक रुपले चिन्तित रहनु हुनेछ । माताको स्वास्थ्यको विषयमा विशेष ध्यान राख्नु होला । साहित्य सर्जन वृद्धिको लागी निकै राम्रो दिन छ । स्नेहीजनको साथको भेटघाटले मन प्रशन्न हुनेछ । मध्याहन पश्चात घरमा शान्तीपूर्मा वातावरण हुनेछ । कार्यालयमा सावधानी अपनाउनु आवश्यक देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज अनुकूल ग्रहहरूले खुसी महसुस गर्ने प्रशस्त कारणहरू ल्याउनेछन्। आज सहजताको कमीले गर्दा तपाईँ आफ्नो वैवाहिक जीवनमा निस्सासिएको महसुस गर्न सक्नु हुन्छ। तपाईंको अत्यधिक ऊर्जा र अथाह उत्साहले अनुकूल परिणाम ल्याउनेछ र घरेलू तनाउ सुधार्नेछ। मायामा डुब्नु आज तपाईंको लागि पाप हुन सक्छ, सावधान रहनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तपाईंको जिद्दी व्यवहारले घर र आफ्नो घनिष्ठ मित्रलाई पनि कलंकित गर्दछ। तपाईंका प्रियले तपाईंलाई खुसी राख्ने कुराहरू गर्नेछन्। आफ्नो दृष्टिकोणमा इमानदार र सही हुनुहोस् – तपाईंको सङ्कल्प र कौशलले परिचय प्राप्त गर्नेछ। शारीरिक रुपले स्फुर्ती र प्रफुल्लताको अभाव रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

आज तपाइँ चिन्ता मुक्त रहनु हुनेछ । सांसारिक विषयबाट मन अलिप्त रहनेछ । व्यापारमा भागीदारबाट सम्हालिएर रहनु होला । कार्यमा विघ्न उत्पन्न हुँदा कर्यपूर्तीमा विलम्ब हुनेछ । दाम्पत्य जिवनमा मनमुटावको वातावरण लामो समय सम्म नरहोस् यसको पूर्ण ख्याल राख्नु होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया