वि.सं. २०७६ जेठ १०। शुक्रबार। इ.स. २०१९ मे २४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। षष्ठी, ३०:०६ उप्रान्त षष्ठी। नक्षत्र– उत्तराषाढा, ७:५८ बजेउप्रान्त श्रवण। योग– शुक्ल, १०:५८ बजेउप्रान्त ब्रह्म। करण– गर, १७:१४ बजेदेखि वणिज, ३०:०६ बजेउप्रान्त वणिज। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३४ घडी ०१ पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइँ घरको कुरामा अधिक ध्यान दिनु हुनेछ । परिवारजनको साथ महत्वपूर्ण चर्चा हुनेछ । घरको कायापलटको लागी केहि नयाँ सजावटको विचार आउनेछ । आफ्नो कार्यमा सन्तोषको अनुभव हुनेछ । स्त्रीवर्गबाट सम्मान मिल्नेछ । माताको साथको सम्बन्ध राम्रो रहनेछ । निरुत्साहित नहुनु होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विदेशमा रहेका स्नेहीजन र मित्रको समाचारले आनन्द प्रदान गर्नेछ । विदेश जान इच्छुक व्यक्तिको लागी राम्रो अवसर छ । लामो प्रवासको आयोजन हुन सक्दछ । धार्मिक स्थलको यात्राले मन प्रफुल्लित राख्नेछ । कार्यालय या व्यापार स्थलमा अधिक कार्यभार रहनेछ । आर्थिक लाभको सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अशुभ घटनाको अधिक सम्भावना रहेको हुँदा सावधानीपूर्वक रहनु होला । सम्भवत रोगीको उपचार या शल्यक्रिया आजको लागी स्थगित गर्नु होला । क्रोधको कारण स्वयमलाई हानी हुने सम्भावना छ । दिमागलाई शान्त राख्नु होला । मानहानी नहोस् यसको पूर्ण ख्याल राख्नु होला । शारीरिक र मानसिक रुपले अस्वस्थ रहनु हुनेछ । वादविवादमा नपर्दा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन मित्र तथा स्वजनको साथ आनन्दपूर्वक बित्नेछ । मनोरंजनको पनि आनन्द प्राप्त हुनेछ । व्यापारमा लाभ हुने अधिक सम्भावना छ । भागीदारबाट लाभ हुनेछ । छोटो प्रवासको स्मृति लामो समय सम्मको लागी रहनेछ । सामाजिकरुपमा मान सम्मान मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक चिन्ताले मन व्यग्र रहनेछ । मनमा शंका र उदासी छाई रहनेछ । मन भारी रहनेछ । कारणवश दैनिक कार्यमा विघ्न आउनेछ । व्यवसायमा सहकर्मीको बराबर सहयोग मिल्नेछ । शिर्ष अधिकारीहरु संग सम्हालिएर रहनु होला । श्रमपूर्वक गरिएको कार्यको उचित परिणाम नमिल्दा मनमा निराशा छाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज विद्यार्थीको लागी निकै कठिन समय छ । सन्तानको विषयमा चिन्ता बढ्नेछ । शेयरमा सम्हालिएर चल्नु होला । मनमा खिन्नताको अनुभव हुनेछ । बौद्धिक चर्चामा भाग नलिनु नै उचित हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक रुपमा शिथिलता र मानसिक रुपमा व्यग्रताको अनुभव हुनेछ । माताको विषयमा चिन्ता रहनेछ । सम्भवत प्रवासलाई स्थगित गर्नु होला । पारिवारिक वातावरणमा कलह हुन सक्दछ । सामाजिकरुपबाट अपमानित होइएला यसको ध्यान राख्नु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ कार्य प्रारम्भको लागी निकै राम्रो दिन छ । मन प्रशन्न रहनेछ । भाई-बन्धुको साथ गृहविषयक आवश्यक चर्चा हुनेछ । आर्थिक लाभ तथा भाग्यवृद्धिको योग छ । छोटो प्रवासको आयोजना हुन सक्दछ । मित्रको साथको भेटले प्रफुल्लित रहनेछ । कार्य सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन द्विविधामा फस्नेछ । पारिवारिक वातावरण क्लेशपूर्ण रहनेछ । निर्धारित कार्य पुरा गर्न नसक्दा मनमा निराषता रहनेछ । आज कुनै महत्वपूर्ण निर्णय नलिनु नै उचित हुनेछ । घर या व्यवसायमा अधिक कार्यभार रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रातःकालको प्रारम्भ इश्वर स्मरणको साथ गर्दा मन प्रफुल्लित रहनेछ । धार्मिक रुपले पूजन विधि गर्न सक्नु हुनेछ । पारिवारिक वातावरण मंगलमय रहनेछ । मित्र तथा स्नेहीजनबाट उपहार प्राप्त हुनेछ । तपाइँको कार्यबाट शिर्ष अधिकारीहरु सतुष्ट हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारीरिक र मानसिक रुपले अस्वस्थ अनुभव गर्नु हुनेछ । सरकार विरोधी कार्य एवम् प्रवृत्तिबाट टाढा रहनु होला । नयाँ कार्यको प्रारम्भ नगर्नु नै उचित हुनेछ । स्वास्थ्यमा खराबी आउन सक्दछ । मन चिन्तित रहनेछ । वाणी र व्यवहारमा ध्यान दिनु होला । व्यवसायमा आपत्ति आउन सक्दछ । भाग्यले साथ दिने छैन । सन्तानको विषयमा चिन्ता रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
निकै ठुलो आर्थिक लाभले तपाइँको प्रतिक्षा गर्दै छ । व्यवसाय गर्नेहरुको लागी आजको दिन लाभदायी छ । मध्याहन पश्चात मनोरंजनको निम्ति कतै जाने अवसर मिल्नेछ । मित्रको साथ प्रवास-पर्यटनमा घुमफिर या मिष्ठान्न भोजनको अवसर मिल्नेछ । व्यापारमा भागीदारीको साथ माभ्दायक विचार विमर्श हुनेछ ।