आजको राशिफल : वि.स.२०७५ साल चैत्र २ गते । शनिबार । ईश्वी सन्२०१९ मार्च १६ तारिख । नेपाल सम्बत् ११३९ । तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

विचारहरुको अस्थिरताले तपाइँलाई उलझनपूर्ण परिस्थितिमा पुर्याउनेछ । नोकरी व्यवसायको क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण रहनेछ । नयाँ कार्य गर्नको लागी प्रेरित हुनु हुनेछ । छोटो प्रवासको सम्भावना छ । वौद्धिक र लेखनको कार्यको लागी राम्रो दिन रहेको छ । महत्वपुर्ण नलिनु नै उचित हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मनको द्विविधाले तपाइँलाई ठोस निर्णय लिन दिने छैन । परिणाम स्वरुप हातमा आएको अवसर गुम्नेछ । झक्वी व्यवहारको कारण संघर्षमा पर्ने सम्भावना छ । लेखक, कारीगर, कलाकारहरुलाई आफ्नो कौशल प्रदर्शन गर्ने अवसर मिल्नेछ । तपाइँको वाकपटुताले तपाइँको कार्य सम्पन्नमा मद्दत पुर्याउँछ र साथै बाँकी मानिसलाई मोहित गर्नेछ । नयाँ कार्यको शुरुवातको लागी राम्रो समय छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन लाभदायक रहनेछ । विहान देखि नै ताजा र प्रशन्नता अनुभव हुनेछ । मित्र तथा सम्बन्धीजनहरुको साथ उत्तम भोजनको आनन्द उठाउने सम्भावना छ । आर्थिक लाभ मिल्नुको साथै उपहार पाउँदा तपाइँ निकै खुसि मिल्नेछ । सबैको साथ मिलेर आनन्ददायक प्रवासको आयोजना हुनेछ । दाम्पत्य जिवनमा मेल बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

शरीर र मनमा बेचेनी तथा अस्वस्थताको अनुभव हुनेछ । मनको द्विविधाले तपाइँको निर्णय शक्तिमा असर पुर्याउनेछ । विशेष रुपबाट परिवारजनको साथ मनमुटावको प्रसङ्ग बन्ने हुँदा मनमा उदासी बढ्नेछ । अधिक धन खर्च हुनेछ । वादविवादबाट टाढा रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन तपाइँलाई विविध लाभ मिल्ने सम्भावना छ । मित्र मण्डल, स्त्री वर्ग तथा ठुला बडाबाट लाभ मिल्नेछ । नोकरी, व्यवसायमा पदोन्नति र आय वृद्धिको योग रहेको छ । दाम्पत्य जिवनमा जिवनसाथिको साथ अधिक निकटताको अनुभव गर्नु हुनेछ । पुत्र तथा पत्नी बाट लाभ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कार्यको शुरुवातको लागी निर्मित योजनालाई कार्यान्वयन गर्न उचित समय छ । व्यापारमा लाभ हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना छ । पिताको तर्फबाट लाभ हुनेछ । परिवारमा आनन्द र उत्साहको वातावरण रहनेछ । गृहस्थी जिवनमा मेल-जोल रहनेछ । सरकारी काम काज पुरा हुनेछ । स्वस्थताको साथ आजको दिन व्यतित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

लामो दुरीको यात्रा या धार्मिक स्थानको यात्रा हुनेछ । विदेश यात्राको लागी अनुकुलता रहनेछ । सहकर्मीको सहयोग नमिल्दा मनमा निराशा छाउनेछ । अधिक धन खर्चको योग रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आजको दिन निकै सावधानी अपनाउनु होला । नयाँ कार्यको शुरुवात नगर्नु होला । क्रोधावेश र अनैतिक आचरणले तपाइँलाई कठिनाईमा पुर्याउनेछ । राजकीय अपराधि प्रवृतिबाट टाढा रहनु नै उचित हुनेछ । नयाँ सम्बन्धको विकाश हुनेछ । दुर्घटनाबाट बच्नु होला । इष्टदेवको नाम उच्चारण गरि रहँदा राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बौद्धिक, तार्किक, विचार-विनिमय र लेखन कार्यको लागी शुभ दिन रहेको छ । मनोरन्जन, प्रवास, मित्रको साथ मिलन, मिष्टान्न भोजन र सुन्दर वस्त्र परिधान, विपरित लिंगीय पात्रको साथ निकटताले तपाइँको दिन आनन्दित र रोमाञ्चित बनाउनेछ । भागीदारीमा लाभ मिल्नेछ । जिवनसाथिको साथको सम्बन्ध अति घनिष्ट रहनेछ । सार्वजनिक मान-सम्मानमा वृद्धि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापार धन्दामा विकाश हुनेछ । आर्थिक रुपले लाभदायक दीन रहनेछ । पैशाको लेनदेनमा सरलता हुनेछ । परिवारमा सुख शान्तीको माहोल रहनेछ । कार्यकर्ताको सहयोग मिल्नेछ । मामाघर पक्षबाट राम्रो समाचार आउनेछ । प्रतिस्पर्धीलाई पराजित गर्न सफल हुनु हुनेछ । कानुनी मामलामा सावधानी अपनाउनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तपाइँ आज आफ्नो र आफ्नो सन्तानको स्वास्थ्यको सम्बन्धमा चिन्तित रहनु हुनेछ । अपच, पेटको दुखाई जस्ता समस्याले सताउनेछ । विचारमा आएको परिवर्तनले मानसिक रुपमा दबाबको सिर्जना हुनेछ । नयाँ कार्यको आरम्भ नगर्नु नै उचित होला । यात्रा प्रवासमा कठिनाइ आउने देखिन्छ । त्यसैले सम्भवत यात्रालाई स्थगित गर्नु नै उचित देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

शारीरिक-मानसिक भय रहनेछ । कुटुम्बीजनको साथ वादविवाद सिर्जना हुनेछ । नचाहेको घटनाले तपाइँको उत्साहमा कमि आउनेछ । अनिन्द्राले सताउने देखिन्छ । धन र किर्तिको हानी हुनेछ । स्त्री वर्ग तथा पानीबाट टाढा रहनु होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया