वि.सं. २०७५ साल चैत २५ गते। सोमबार। इश्वी सन् २०१९ अप्रिल ८ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– तृतीया, १५:३२ बजेउप्रान्त चतुर्थी। नक्षत्र– भरणी, ९:१८ बजेउप्रान्त कृत्तिका। योग– प्रीति, १९:४९ बजेउप्रान्त आयुष्मान्। करण– गर, १५:३२ बजेदेखि वणिज, २७:१९ बजेउप्रान्त भद्रा। आनन्दादिमा चर योग। चन्द्रराशि– मेष, १५:२४ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:२४ बजे र दिनमान ३१ घडी २७ पला। मन्वादि। गौरीव्रत। मत्स्य जयन्ती। मच्छेगाउँमा मत्स्यनारायण मेला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दिनको शुरुवातमा नयाँ कार्य आरम्भ गर्नको लागी उत्साहित रहनु हुनेछ । शारिर र मनको स्वस्थताले तपाइँको उत्साहलाई दुई गुणा बढाउने छ । स्नेही मित्र तथा स्वजनको साथ स्नेह मिलनको समारोहमा जान सक्नु हुनेछ । यद्यपी मध्याह्न पश्चाता कुनै कारणवश स्वास्थ्य थोरै बिग्रन सक्दछ । खान-पानमा ध्यान दिनु होला । धन सम्बन्धी विषयमा लेन-देनमा विशेष ध्यान दिनु होला । आजको दिन मध्यम फलदायी रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घरको सदस्यको साथ कुनै आवश्यक चर्चामा विचारण गर्नु हुनेछ । घरको सजावट र अन्य विषयमा परिवर्तनको लागी रुची बढ्नेछ । माताको साथ राम्रो सम्बन्ध रहनेछ । कार्यालयमा शिर्ष अधिकारीहरुको साथ सम्बन्धमा सुधार आउनेछ । मध्याहन पश्चात सामाजिक कार्यमा अधिक रुची हुनेछ । मित्र वर्गबाट लाभ हुनेछ । सन्तान लाभको सम्भावना रहेको छ । आकस्मिक धन लाभको पनि सम्भावन छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक र व्यावसायिक क्षेत्रमा तपाइँको दिन निकै राम्रो रहनेछ । दुवै स्थलमा आवश्यक विषयको सम्बन्धमा चर्चा पश्चात निर्णायक स्थितिको निर्माण हुन सक्दछ । कार्यभार बढ्दा स्वास्थ्यमा केहि खराबी आउनेछ । मध्याहन पश्चात स्वास्थ्यमा सुधार हुनेछ । मित्रको सक्थ भेटघाटले आनन्द दिनेछ । मित्रको साथ पर्यटनको आयोजना हुन सक्दछ । सामाजिक कार्यमा योगदान दिनु हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
तपाइँको व्यवहार न्यायपूर्ण रहनेछ । निर्धारित कार्य गर्ने प्रेरणा मिल्नेछ । स्वास्थ्यमा खराबी आउन सक्दछ । क्रोधको मात्रा अधिक रहनेछ । मध्याहन पश्चात शारीरिक स्फूर्ति तथा मानसिक निश्चितताको कारण प्रफुल्लित अनुभव गर्नु हुनेछ । व्यवसायिक क्षेत्रमा शिर्ष अधिकारीहरुको साथ आवश्यक विषयमा चर्चा हुनेछ । घरको सजावटमा रुचीलाई लिएर केहि परिवर्तन गर्ने इच्छा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिनको शुरुवातमा शारीरिक र मानसिक रुपले अस्वस्थता र निराशताको अनुभव हुनेछ । क्रोधको मात्रा अधिक रहने हुँदा कसैको साथ मनमुटाव हुन सक्दछ । मध्याहन पश्चात शारीरिक र मानसिक स्थितिमा सुधार आउन सक्दछ । परिवारमा आनन्दको वातावरण छाउनेछ । व्यापारिक स्थलमा शिर्ष अधिकारीहरुको साथ आवश्यक चर्चा हुनेछ । परिवारजनको साथ महत्वपूर्ण विषयमा चर्चा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज कुनै नयाँ कार्य र प्रवास नगर्नु नै उत्तम हुनेछ । आध्यात्मिक क्षेत्रमा सिद्धि प्राप्त हुने योग छ । यद्यपी स्वास्थ्यमा सिथिलता र निराशताको अनुभव हुनेछ । क्रोधको मात्रा अधिक रहनेछ । कार्य नबिग्रियोस् यसको विशेष ध्यान राख्नु होला । व्यवसायिक स्थलमा कसैको मन नदुखोस् यसको पनि विशेष ध्यान राख्नु होला । धार्मिक प्रसङ्गमा उपस्थित हुन सक्नु हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिनको शुरुवात आनन्दप्रद रहनेछ । विचारमा उग्रता र अधिकारत्वको भावना रहनेछ । आर्थिक लाभ र प्रवासको संभावना छ । मध्याहन पश्चात सन्ध्याको समयमा केहि अनर्थ नहोस् त्यसको निम्ति वाणीमा संयम राख्नु आवश्यक छ । हितशत्रुबाट सावधान रहनु होला । नयाँ कार्यको प्रारम्भ नगरनी नै उचित हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वौद्धिक कार्य गर्नको लागी तथा जनसम्पर्क बनाई राख्नको लागी र मानिसको साथ घुलमिलको लागी राम्रो दिन रहेको छ । छोटो प्रवासको सम्भावना रहेको छ । धन सम्बन्धित आयोजनाको लागी शुभ समय छ । मध्याहन तथा सन्ध्याकाल पश्चात मित्र तथा सम्बन्धिको साथ प्रवासको आयोजना गर्न सक्नु हुनेछ । खान-पनको स्वाद लिन सक्नु हुनेछ । पारिवारिक जिवनमा आनन्द छाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शारीरिक तथा मानसिक स्वास्थ्यको लागी सम्हालिएर हिड्नु होला । अधिक श्रम पश्चात कार्यमा सफलता मिल्दा निराश नहुनु होला । शरीरमा स्फूर्तिको संचार हुनेछ । आर्थिक लाभको लागी अनुकुल समय छ । व्यवसायिक आयोजना राम्रो संह गर्न सक्नु हुनेछ । अन्य समय आनन्दपूर्वक गर्न सक्नु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज तपाइँ केहि अधिक संवेदनशील रहनु हुनेछ । तपाइँको भावनामा ठेस पुग्न सक्दछ । वहान चलाउँदा ध्यान राख्नु होला । आपत्तिकर विचार, व्यवहार र आयोजनाबाट टाढा रहनु होला । कुनै पनि कार्यमा शिघ्र निर्णय नलिनु होला । परिवारजनको साथ परस्पर मनमुटाव नबढाउनु होला । कार्य सफलताको लागी आज अधिक परिश्रम गर्नु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आवश्यक कार्यको निर्णय नलिनु होला । नयाँ कार्यको प्रारम्भ गर्नको लागी दिनको शुरुवातमा निकै अनुकुल समय रहेको छ । मध्याहन पश्चात मानसिक चिन्तामा वृद्धि हुनेछ । सम्पतिको दस्तावेजको लागी अनुकुल समय छैन । विद्यार्थीको लागी मध्यम दिन रहेको छ । माताको स्वास्थ्यमा विशेष चिन्ता रहनेछ । तपाइँको भावनामा ठेस पुग्न सक्दछ । मनलाई स्वस्थ राख्ने प्रयास गर्नु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन स्वार्थी व्यवहारलाई तिलान्जली दिनु होला । वाणीमा संयम राख्नु होला ।नदिन मध्यम शुभ फलदायी रहनेछ । कुनै पनि कार्यमा शिघ्र निर्णय नलिनु होला । परिवारजनको साथ परस्पर मनमुटाव नबढाउनु होला । आवश्यक कारणले छोटो प्रवासको सम्भावना रहेको छ ।