वि.सं. २०७५ साल चैत २२ गते। शुक्रबार। इश्वी सन् २०१९ अप्रिल ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– औंसी, १४:०७ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– रेवती, ३१:१८ बजेउप्रान्त रेवती। योग– ऐन्द्र, २२:१४ बजेउप्रान्त वैधृति। करण– नाग, १४:०७ बजेदेखि किंस्तुघ्न, २६:४० बजेउप्रान्त वव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १८:२३ बजे र दिनमान ३१ घडी १५ पला। पञ्चक। घोडे जात्रा। स्नानदान गर्ने र हलो बार्ने औंसी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिन अस्वस्थता र निराशतामा बित्नेछ । रुघा, खोकी, ज्वरोले सताउनेछ । कसैको भलो गर्दा तपाइँ माथि विपत्ति आउनेछ । कसै संग पैशाको लेन देन नगर्नु होला । निर्णय शक्तिको अभावमा मनमा द्विविधा बढ्न सक्दछ । यसले चिन्तामा वृद्धि हुनेछ । अधिक लाभको लालचमा हानी हुन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाइँको दिन शुभ फलदायी रहनेछ । धन वृद्धि तथा पदोन्नतिको योग छ । व्यापारमा सफलता मिल्नेछ । परिवारजन तथा मित्रको साथ सुखद क्षणको आनन्द प्राप्त गर्न सक्नु हुनेछ । छोटो प्रवासको सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन सुभ तथा अनुकुलतापूर्ण रहनेछ । कार्यालयमा सहकर्मचारी तथा शिर्ष अधिकारीको साथ राम्रो सम्बन्ध रहनेछ । सामाजिक दृष्टिबाट मान-सम्मानमा वृद्धि हुनेछ । पदोन्नतिको योग छ । स्नेहीजनबाट उपहार मिलन सक्छ । स्वास्थ्य राम्रो रहनेछ । संसारिक जीवन आनन्दमय रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज धार्मिक कार्य तथा पूजा-पाठमा व्यस्त रहनु हुनेछ । धार्मिक स्थानको यात्राले आनन्द प्राप्त हुनेछ । परिवारजनको साथ आनन्दपूर्वक समय बित्नेछ । स्वास्थ्य राम्रो रहनेछ । मन चिन्ता रहित रहनेछ । आकस्मिक धन लाभको योग छ । तपाइँको भाग्यमा परिवर्तन आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विपरित संयोगको प्रतिकार गर्नु पर्नेछ । स्वास्थ्य प्रति ध्यान दिनु होला । स्वास्थ्य खराब हुँदा आकस्मिक खर्च हुनेछ । परिवारजनको साथ संयम पूर्वक व्यवहार गर्नु होला । अनैतिक कार्यबाट टाढा रहनु होला । इश्वर स्मरण तथा आध्यात्मिकताले तपाइँलाई शान्ती प्रदान गर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक तथा अन्य क्षेत्रमा ख्याति र सम्मान प्राप्त हुनेछ । सुन्दर वास्त्राभुषणको किनमेल हुन सक्दछ । भागीदारको साथ राम्रो सम्बन्ध रहनेछ । पति पत्नी बीच झगडा भएको भए त्यो हटी घनिष्ठता बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरमा सुख शान्तीको वातावरण रही प्रशन्नतामा वृद्धि हुनेछ । कार्यालयमा सहकर्मीको साथ सहकारपूर्वक कार्य गर्न सक्नु हुनेछ । कार्यमा यश प्राप्ति हुनेछ । माता-पिताको तर्फबाट राम्रो समाचार मिल्नेछ । प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
तपाइँको दिन मध्यम फलदायी रहनेछ । विद्यार्थीलाई अभ्यासमा सफलता मिलन सक्छ । नयाँ कार्यको प्रारम्भ नगर्नु नै राम्रो हुनेछ । आर्थिक योजनाको लागी अनुकुल दिन रहेको छ । परिश्रम फलदायी सिद्ध हुनेछ । शेयरबाट टाढा रहनु होला । सम्भवत प्रवासलाई स्थगित गर्नु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज मनमा उदासता छाई रहनेछ । शरीरमा स्फूर्ति तथा मनमा प्रशन्नताको अभाव रहनेछ । परिवारजनको साथ तनावको प्रसङ्ग बन्दा घरको वातावरण प्रभावित रहनेछ । तपाइँको स्वाभिमान भंग नहोस् यसको ध्यान राख्नु होला । धन हानीको योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको प्रारम्भ गर्न शुभ दिन रहेको छ । नोकरी, व्यापार तथा दैनिक कार्यमा अनुकुल परिस्थिति रहँदा मनमा प्रशन्नता रहनेछ । भाइ-बन्धु बाट लाभ तथा सहकार्य मिल्नेछ । आर्थिक लाभको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कसैको साथ पनि अधिक विवाद नगर्नु होला । धार्मिक कार्यमा खर्च हुन सक्दछ । पारिवारिक वातावरण बिग्रन सक्दछ । कार्यमा असफलताले मनमा असन्तोष तथा निराशा छाउनेछ । स्वास्थ्य प्रति ध्यान दिनु होला । निर्णयशक्तिको अभाव हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
तपाइँको दिन शुभ फलदायी रहनेछ । उत्साह तथा स्वस्थता बनि रहनेछ । नयाँ कार्य प्रारम्भको लागी राम्रो दिन छ । परिवार तथा मित्रको साथ भोजन अवसर प्राप्त हुनेछ । धार्मिक कार्य तथा यात्राको योग छ । कार्य सफलता मिल्नेछ ।