वि.सं.२०७६ साल असोज १५ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि चतुर्थी,२६ घडी ०८ पला,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र विशाखा,३१ घडी ०१ पला,बेलुकी ०६ बजेर २१ मिनेट उप्रान्त अनुराधा । योग विष्कुम्भ,१३ घडी ३२ पला,बिहान ११ बजेर २२ मिनेट उप्रान्त प्रिती । करण भद्रा,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४५ मिनेट उप्रान्त वालव । आनन्दादिमा धाता योग । चन्द्रराशि तुला,मध्यान्ह १२ बजेर ३२ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान ३० घडी ३७ पला । शारदीय नवरात्र। विश्व अहिंसा दिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
परिवारको साथ घरेलु मामलामा महत्वपूर्ण विचार विमर्श हुनेछ । घरको कायापलटको लागी केही योजना बन्नेछन् । कार्यस्थलमा शिर्ष अधिकारीको साथ महत्त्वपूर्ण मुद्दामा विचार विमर्श हुनेछ । अफिसको कार्यको लागी यात्राको सम्भावना छ । माता तथा स्त्री वर्गको तर्फबाट लाभ हुने सम्भावना छ । अत्यधिक कार्यभारको कारण अस्वस्थ रहनु हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विदेशमा रहने स्वजन या मित्रको समाचार मिल्दा मनमा प्रसन्नताको अनुभव हुनेछ । विदेश जान इच्छुकको लागी अनुकूल संयोग बन्नेछ । लामो दुरीको यात्राको अवसर मिल्नेछ । अफिस या व्यावसायिक स्थानमा कार्यभार बढ्नेछ । व्यापार धन्दामा लाभ हुनेछ । स्वास्थ्य सामान्य रूपले मध्यम रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुनै पनि प्रकारको अनिष्टबाट बच्नको लागी आज क्रोधको भावनालाई नियन्त्रणमा राख्नु होला । शल्यक्रियाको लागी आजको दिन अनुकुल छैन । खर्च बढ्दा आर्थिक संकटको अनुभव हुनेछ । कुटुम्बीजन र सहकर्मचारीको साथ मनमुटाव हुनेछ जस कारण मानसिक छटपटीको अनुभव हुनेछ । स्वास्थ्य खराब हुनेछ । इश्वरको प्रार्थनाले राहत महशुस हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन मौज- शौक और मनोरंजन प्रवित्तिमा बित्नेछ । मित्र तथा परिवारको साथ मनोरंजनको स्थान या पर्यटनमा जाने अवसर मिल्नेछ ।
स्वादिष्ट भोजन और नयाँ वस्त्राभूषण आदिको किनमेल हुनेछ । वाहन सुख प्राप्त हुनेछ । सार्वजनिक क्षेत्रमा मान तथा व्यवसायको क्षेत्रमा भागिदारीमा लाभ मिल्नेछ । विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज परिवारमा हर्षोल्लासको वातावरण रहनेछ । पारिवारिक सदस्यको साथ आनंदपूर्वक समय व्यतीत गर्नु हुनेछ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ । । यश, कीर्ति और आनंदको प्राप्ती हुनेछ । नोकरीको क्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ । बिरामी व्यक्तिलाई रोगबाट मुक्ति मिल्नेछ । मामाघरको तर्फबाट राम्रो समाचार मिल्नुका साथै लाभ प्राप्त हुनेछ । प्रतिस्पर्धी पराजय हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाइँ सन्तानको समस्याले चिन्तित रहनु हुनेछ । अपच, पेट दुखाई जस्ता बिमारीले सताउनेछ । विद्यार्थीको पढाईमा विघ्न आउनेछ । बौद्धिक चर्चा तथा बातचीतमा भाग नलिनु होला । प्रणय प्रकरणमा सफलता मिल्नेछ । प्रिय व्यक्तिको साथ भेटघाट हुनेछ । अधिक कामुकता रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अत्यधिक संवेदनशीलता और विचारको चक्करमा मानसिक अस्वस्थताको अनुभव गर्नु हुनेछ । माता और स्त्रीको मामलामा चिन्तित रहनु हुनेछ । यात्रालप लागी आजको दिन अनुकुल नरहेको हुँदा सम्भवत यात्रालाई स्थगित गर्नु होला । छातीको दुखाइले सताउनेछ । जमिन सम्बन्धी मामलामा सावधानीपूर्वक व्यवहार गर्नु होला । विद्यार्थीको मन पढाईमा लाग्ने छैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन खुशीपूर्वक व्यतीत हुनेछ । नयाँ कार्यको शुरुवात गर्नु हुनेछ । घरमा भाई-बहिनिको साथ मेलमिलाप रहनेछ । स्वजन तथा मित्रको साथ मिलन भेट हुनेछ । लघु प्रवासको योग छ । कार्य सफल रहनेछन् । भाग्यमा लाभदायक परिवर्तन आउनेछ । दुश्मन और प्रतिस्पर्धी आफ्नो चालमा असफल रहनेछन् । लोकप्रियतामा वृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाइँको आजको दिन मध्यम फलदायी साबित हुनेछ । पारिवारिक सदस्यको साथ गलत बुझाइको कारण मनमुटाव हुने सम्भावना छ । आज तपाइँको मानसिक व्यवहारमा दृढता कम हुँदा कुनै पनि निर्णय छिट्टै लिन सक्नु हुनेछैन । आज कुनै महत्त्वपूर्ण निर्णय लिनबाट बच्नु होला । व्यर्थ धन खर्च और कार्यभारले तपाइँको मन व्यवस्थित राख्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन इश्वरको स्मरणमा बित्नेछ । धार्मिक कार्यमा व्यस्त रहनु हुनेछ । नौकरी-व्यवसायमा पनि सानुकूल परिस्थिति रहनेछ । तपाइँको हर कार्य सरलतापूर्वक सम्पन्न हुनेछन् । मान-सम्मान मिल्नेछ । नोकरीमा पदोन्नतिको योग छ । गृहस्थजीवन आनंदपूर्ण रहनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज कुनै पनि प्रकारको आर्थिक लेन-देन नगर्नु होला । खर्चको मात्रा अधिक रहनेछ । शारीरिक और मानसिक रुपले स्वस्थ रहनु हुने छैन । स्वजनको साथ मतभेद हुनेछ । कसैको हित गर्दा आफु स्वयम् समस्यामा परिने देखिन्छ । क्रोधमा नियन्त्रण राख्नु होला । मानहानिको सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
सामाजिक कार्य या समारोहमा भाग लिने अवसर मिल्नेछ । सुन्दर स्थानमा पर्यटनको आयोजना हुनेछ । शुभ समाचार मिल्नेछ । पत्नी और संतानबाट लाभ हुनेछ । आकस्मिक धन प्राप्त हुने सम्भावना छ ।