वि.सं. २०७५ साल चैत १५ गते। शुक्रबार। इश्वी सन् २०१९ मार्च २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– नवमी, २७:०२ बजेउप्रान्त दशमी। नक्षत्र– पूर्वाषाढा, १५:१७ बजेउप्रान्त उत्तराषाढा। योग– परिघ, १९:४४ बजेउप्रान्त शिव। करण– तैतिल, १४:१८ बजेदेखि गर, २७:०२ बजेउप्रान्त वणिज। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– धनु, २१:४७ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:०० बजे, सूर्यास्त– १८:१९ बजे र दिनमान ३० घडी ४६ पला। दुदुच्याँच्याँ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइँलाई थकान, आलश्य र निरासताको अनुभव हुनेछ । तपाइँलाई आज सानो सानो कुरामा क्रोध महशुस हुनेछ । यस कारण तपाइँको कार्य बिग्रन सक्दछ । कुनै धार्मिक या मांगलिक कार्यमा सहभागी हुनु पर्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तपाइँ शारीरिक र मानसिक रुपले अस्वस्थ अनुभव गर्नु हुनेछ । कुनै नयाँ कार्यको प्रारम्भ नगर्नु नै उचित हुनेछ । खान-पिनमा विशेष ध्यान राख्नु होला । स्वास्थ्य बिग्रने सम्भावना छ । सम्भवत प्रवास नगर्नु नै राम्रो होला । तपाइँ निश्चित समयमा आफ्नो कार्य पूर्ण गर्न सक्नु हुँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन तपाइँ आनन्द-प्रमोद तथा मनोरंजनमा व्यस्त रहनु हुनेछ । मित्र तथा परिवारजनको साथ आनन्दित वातावरण बित्नेछ । सामाजिक रुपमा सम्मान र प्रसिद्धि प्राप्त गर्नु हुनेछ । दाम्पत्य जिवनमा शुख मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिनले तपाइँलाई आनन्ददायक सफलता प्रदान गर्दछ । परिवारजनको साथ सुखपूर्वक समय बित्नेछ । आवश्यक कार्यमा खर्च हुनेछ । आर्थिक लाब हको लागी राम्रो दिन छ । कार्यालयमा अनुकुल वातावरण रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ । सृजनात्मक कार्य सुन्दर रुपले सम्पन्न हुनेछ । सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ । मित्रको साथ आनन्ददायी भेट हुनेछ । धार्मिक परोपकारको कार्य गर्नु हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अजाजको दिन समयानुकुल छैन । निकै कुराहरुलाई लिएर चिन्तित रहनु हुनेछ । शारीरिक तथा मानसिक रुपले अस्वस्थ अनुभव गर्नु हुनेछ । परिवारको सदस्यको साथ मनमुटाव हुनेछ । धन खर्च हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन भाग्यव्रिद्धि हुनेछ । भाइ-बहिनिको साथ राम्रो सम्बन्ध रहनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागी शुभ दिन रहेको छ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । विदेशबाट शुभ समाचार आउनेछ । सम्मान प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मध्यम फलदायी दिन छ । अनावश्यक खर्च नगर्नु होला । धार्मिक कार्यको लागी धन खर्च हुनेछ । विद्यार्थीको लागी अधिक अनुकुल समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
निर्धारित कार्य पुरा हुनेछ । लक्ष्मी जीको कृपा रहनेछ । यात्रा स्थलमा प्रवासको सम्भावना छ । यश र किर्तिमा वृद्धि हुनेछ । स्वजन संगको भेट आनन्दित रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज तपाइँको मन अस्वस्थ रहनेछ । धन हानी र मान हानीको योग छ । सामाजिक कार्यमा धन खर्च हुनेछ । आध्यात्मिकता तर्फ अधिक रुची हुनेछ । वाणीमा संयम राख्नु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज मिल्ने लाभ बाट तपाइँको आनन्द दुई गुणा बढ्नेछ । नयाँ कार्य प्रारम्भको लागी शुभ दिन रहेको छ । व्यापारीहरुलाई व्यापारमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा किर्ति मिल्नेछ । सन्तानको साथ राम्रो मेल जोल रहनेछ । आय वृद्धि हुनेछ । प्रवासको आयोजना हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन शुभ फलदायी रहनेछ । नोकरी, व्यापारमा सफलता मिल्नेछ । यस कुराले प्रशन्नता हुनेछ । पिताको तर्फ बाट लाभ हुनेछ । पारिवारिक आनन्दले तपाइँ आनन्दित रहनु हुनेछ ।