काठमाडौँ, चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी थिइन् ।
निर्वाचन नजिकिंदै गर्दा लामिछाने विरुद्ध कलाकार संघका साधारण सदस्य सुरज आरडीले जिल्ला प्रशासन कार्यालय काठमााडौंमा उजुरी दर्ता गराएका छन् । उजुरीमा आरडीले लामिछाने विरुद्ध कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाएका छन् ।
सदस्यता प्राप्त गर्न ५ वटा फिल्ममा अभियन गर्नुपर्ने प्रावधान नेपाली चलचित्र विधानमा उल्लेख हुँदा हुँदै पनि लामिछानेले जम्मा २ वटा चलचित्रमा अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् ।