काठमाडौँ, नेपाली कलाकारिता क्षेत्रकी पोख्त नायिका करिश्मा मानन्धर हल एसईई परिक्षामा व्यस्त छिन् ।
सुजन बास्कोटा, यि हुन् नायिका मानन्धर संगै बसेर परिक्षा दिने परिक्षार्थी यानी बेञ्च पार्टनर । बास्कोटा कक्षाका फर्स्ट बोइ हुन् । फिल्मी दुनियाँकी टेलिभिजनमा देखिईरहेकी ग्ल्यामरस नायिका आफू संगै पढ्न आउने कुरा सुन्दा उनि अचम्मित परेका थिए ।
उनले यो कुरा आफ्नो परिवार र साथीभाईलाई बताउँदा कसैले पत्याएनन् । हुन त पत्याइ हाल्ने खालको कुरा पनि थिएन । अन्त्यत शुल्क तिर्न आउँदा मानन्धरलाई देखे पछि परिवारले विश्वास गरे । साथै साथीभाईले पनि टेलिभिजनमा अन्तर्वार्ता नआए सम्म पत्याएनन् ।
उनि भन्छन्, ‘ उहाँ केटि साथीहरुसँग मात्र बोल्नुभयो । ‘ उनलाई अफ्ठ्यारो लाग्यो रे । पछि पछि हुँदै जाँदा सबै सामान्य भएको बताउँछन् बास्कोटा । करिश्मा उनि संगै पहिलो बेञ्चमा बस्छिन् ।
पहिलो पटक परिक्षामा आमुन्ने सामुन्ने भएको कुरा सम्झन्छन् उनि । उनि भन्छन्, ‘ ८ कक्षाको जिल्ला स्तरीय परिक्षाको तयारी गर्दा साइन्सको एउटा कोइसनको आन्सर्स के हुन्छ भनेर सोध्नुभएको थियो । ‘ करिश्माको मिलनसार प्रकृतिको बयान गर्छन् बास्कोटा, ‘ हामीसँग मिलेर बस्नुहुन्छ । ‘