कमल थापाले सर्बोच्चमा ‘गाई’ माग्दै भोलि आफैँ बहस गर्ने

काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्ह ‘गाई’ माग्दै सर्बोच्च अदालतमा आज मुद्दा दायर गरेको छ । आज दर्ता भएको रिट निवेदन माथि सुनवाई हुने भएको छ । मुद्दाको पेशी भोलि तोकिएको छ ।

भोलिको पेशिमा बहस गर्न स्वंम अध्यक्ष थापा सर्बोच्च अदालत जाने भएका छन् । यसको जानकारी दिँदै थापाले ट्विट गर्दै भनेका छन् -‘संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले ‘गाई’ लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यस सम्बन्धि मुद्दाको भोलि पेशि छ। म आफै वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया