काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता पाँच दिनमा १० करोड कमाएकोछ । फिल्मले बुधबार र बिहीबार डेढ करोड ग्रस बटुल्यो ।
मुख्य मल्टिप्लेक्सन चेन क्यूएफएक्समा पहिलो साताको ग्रस कलेक्सन ३ करोड ८५ लाख रुपैयाँ छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा सात दिनको कमाइ २ करोड १८ लाख रुपैयाँ छ ।
बिग मुभिज र एफक्युबको कमाइ १/१ करोड रुपैयाँ ग्रस छ । रञ्जनामा ३५ लाख, वान सिनेमाजमा ७५ लाख, बीएसआरमा ६० लाख ग्रस रहेको विवरण प्राप्त भएको छ ।







