एजेन्सी, हाल कपाल प्रत्यारोपणको आकर्षण बढ्दो छ । यहि बढ्दो आकर्षण संगै हाल मात्रै कपाल प्रत्यारोपणकै कारण एल व्यापारीको मृत्यु भएको छ ।
भारतका ४३ बर्षीय एक व्यापारी श्रवण कुमारके कपाल प्रत्यारोपण गरेको दुई दिन पनि नपुग्दै आफ्नो ज्यान गुमाएका टाइम्स अफ इन्डियाको रिपोर्टले जनाएको छ । उनले मुम्बाईको एक प्राइभेट अस्पतालमा गएर ९ हजार पाँचसय वटा रौं रोपेका थिए ।
गत शुक्रबारबाट अचानक उनको अनुहार र घाँटी सुन्निएर स्वास लिन अफ्ठ्यारो भएपछी उनलाई महाराष्ट्रको हिरानन्दनी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनलाई पेनकिलर र औषधीको रियाक्सनका कारण एनाफिल्याक्टिक सक भएको पत्ता लागेको थियो र शनिबार उनको मृत्यु भयो ।
उनले १५ घण्टा लगाएर गरेको प्रत्यारोपणले उनको ज्यानै लिन्छ भन्ने कसलाई थाहा थियो र ? उनका प्रत्यारोपण डाक्टरले कुनै औषधिको कारण एलर्जी भएकोले उनको ज्यान गएको दाबी गरेका छन् ।