काठमाडौँ, प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् मा कार्यक्रम संचालक ऋषि धमलासंग बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले के.पी ओलीले स्याल प्रवित्ति देखाएका बताएका छन् ।
उनले कुराकानीमा भनेका छन्, ‘ प्रधानमन्त्रीको स्याल बुद्धि हो । स्यालले गाउँमा गएर चिलले कुखुरा लान आँट्यो भन्थ्यो । त्यसबेला सबैले आकासतिर हेर्थे । त्यही बेला स्यालले खोरबाट कुखुरा चोरेर भाग्थ्यो । ओलीको पनि त्यही बुद्धि हो । ‘
साथै उनले ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाउँदै कांग्रेसले यसलाई ठेगान लगाउने समेत बताएका छन् । उनले प्रधानमन्त्री आफैँले गलत काम गरेको हुँदा अरुलाई आरोप लगाई भ्रममा पर्न खोजेको आरोप समेत लगाए ।
साथै उनले काँग्रेस भित्रका अन्तरिक समस्याहरु पनि छिट्टै समाधान हुने पनि बताए ।