एसपी चतुर्वेदीको विशेष अपरेशन शुरु , हजारौ लिटर मदिरा बरामद !

सिरहा , जेठ-२३ गते । सिरहाको गोलबजार नगरपालिका -६ मा प्रहरीले हजारो लिटर अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनका आधारमा अपरेशन शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीका अनुसार गोलबजारमा अबैध मदिराका कारण दिनहु समाजमा झै झगडा,घरेलु हिंसा,महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको हुनाले विशेष अपरेशन शुरु गरिएको वताए ।

उपरीक्षक चतुर्वेदीका अनुसार मानिसको स्वास्थ्य स्थितिमा प्रत्यक्ष असर पुर्याइरहेको हुदा यसलाई अभियानको रुपमा संचालन गरिएको वताए । गोलबजार नगरपालिकाको वडा न. ६ गुम्बा चौकको प्राय :हरेक घरमा आधुनिक तरिकाबाट अबैध मदिरा उत्पादन गरिरहेको समाग्री र तयारी अबस्थामा राखिएको हजारौ लिटर मदिरा बरामद गरि नष्ट गरिएको छ । उपरीक्षक चतुर्वेदीले भने गुम्बा चौकमा अधिकाशं घरवेटीले मदिरा उत्पादन गरिरहेको छ । अप्रेशन टोलिले मदिरा उत्पादन गर्ने चुलो भठी,ड्म लगायतको सामग्री समेत नष्ट गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया