काठमाडौँ, आज बझाङ जिल्लाको छविसपाथीभेरा गाउँपालिका बान्नीचौर मावी पाटागाउँमा एसईई परिक्षा चलिरहँदा प्रहरीले हवाई फायर गरेको छ । आज गणित विषयको परिक्षा रहेको थियो।
परिक्षा केन्द्र वरपर चिट चोराउने अभिभावकको भिडभाड भएको र धपाउन खोज्दा उल्टो प्रहरी माथि नै ढुङ्गामुढा गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न एक राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताएका छन् ।
उनको अनुसार उक्त भिडले प्रहरी माथि नै दुर्व्यवहार गरेपछि हवाई फायर गर्नुपरेको हो । चिट चोराउन संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।