एसईई परिक्षाको नतिजा असारको तेश्रो हप्ता सार्वजनिक हुने !

फाइल फोटो

काठमाडौँ, यस बर्षको एसईई परिक्षाको नतिजा असारको तेश्रो हप्ता सार्वजनिक हुने भएको छ । अघि अघि असारको पहिलो या दोश्रो हप्ता नै सार्वजनिक हुने गरेको एसईईको नतिजा यस बर्ष ढिलो गरि आउने भएको छ ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरीए पश्चात दोहोर्याएर परिक्षा भएको, कर्मचारी अभाव भएको जस्तै अन्य विविध कारणवश परिक्षा नतिजा सार्वजनिक हुन ढिलो हुने भएको हो ।

उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताएका छन् ।

उनि भन्छन्, ‘ प्रदेश २ मा प्रश्नपत्र बाहिरीएपछि हामीलाई ८-१० दिन ढिला भयो । त्योसँगै कर्मचारी समायोजनको कामले झन समस्या थपिदियो । ‘ उनका अनुसार हाल डाटा इन्ट्रीको कार्य भैरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया