एसईईको उत्तरपुस्तिका जाँच्न छोडेर आन्दोलममा उत्रिए शिक्षक !

फाइल फोटो

काठमाडौँ, चैत्रमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परिक्षण धमाधम चलिरहँदा त्यसलाई बीचमै अलपत्र छोडेर शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले परिक्षण केन्द्रमै तालाबन्दी गरेका छन् । परीक्षण वापतको रकम बढाउनुपर्ने माग राख्दै उनीहरुले तालाबन्दी गरेका हुन् । उत्तरपुस्तिका परीक्षण सुरु हुने बेलासम्म उनीहरु चुपचाप थिए ।

उत्तरपुस्तिका जिम्मा लिएर परीक्षण समेत सुरु भएपछि परीक्षण नै प्रभावित हुनेगरी आन्दोलनमा उत्रेपछि उनीहरुको सर्वत्र आलोचना भैरहेको छ ।

उनीहरुले परीक्षण वापत पाउनु पर्ने रकम नबढाए सम्म ताला नखोल्ने र आन्दोलनलाई जारी राख्ने बताएका छन् । आन्दोलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघ गरि तिन वटा शिक्षक संगठनहरु सहभागी छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया