एसइई पास हुने छात्र-छात्रालाई १–१ लाख पुरस्कार दिने घोषणा

केपिलासगढी गाउँ’पालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा सबै’भन्दा बढी अङ्क ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई रु एक–एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

खोटाङको यो गाउँ पालिकाभरिको सामु’दायिक विद्यालय’बाट एसइई दिएका’मध्येमा सबैभन्दा बढी अङ्क ल्याउने एक छात्र र एक छात्रालाई गाउँ’पालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो ।

विद्यार्थी’लाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी’लाई पुरस्कारको व्यवस्था गरिएको गाउँ’पालिका प्रमुख समिर राईले बताउनु’भयो । विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गाउँ’पालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै एसइई दिएका गाउँपालिका’भरिका गरिब तथा जेहेन्दार दुई छात्र–छात्रालाई गाउँ’पालिकाले पढाउने भएको छ । उनीहरूका लागि गाउँ’पालिकाले १८ महिने प्राविधिक शिक्षा अध्ययनको व्यवस्था मिलाउने तयारी गरिएको गाउँ’पालिकाले जनाएको छ ।

एसइईमा सबै’भन्दा बढी अङ्क ल्याउने दुई विद्यार्थी र गरिब तथा जेहेन्दार दुई विद्यार्थी पहिचान गर्ने कामको थालनी’समेत गरिएको गाउँ’पालिकाले जनाएको छ । उनीहरूलाई आगामी भदौ–२३ गते अन्त’र्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सार्व’जनिक गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

विसं २०७८ को एसइईमा गाउँ’पालिकाको सातवटा सामु’दायिक विद्यालयबाट दुई सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । पछिल्लो समय सामुदायिक विद्यालय’प्रति विद्यार्थीको आकर्ष’ण घट्दै गएपछि त्यसलाई रोक्न गाउँ’पालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम गाउँ’सभाबाटै पारित गरेर ल्याएको हो ।

गत वैशाख ९ गतेबाट २० गतेसम्म देशभर सञ्चालन भएको एसइई परीक्षाको नतिजा गत साउन ११ गते सार्व’जनिक भइ’सकेको छ । जिल्ला’बाट तीन हजार आठ सय नौ विद्यार्थी एसइई परीक्षामा सह’भागी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया