काठमाडौँ, भारतको अरुणाञ्चल प्रदेशमा एम्बुस विस्फोट हुँदा विधायकसहित ११ जनाको मृत्यु भएको छ । लोकसभा निर्वाचनको परिणाम घोषणा हुनु ठिक एक दिन अघि अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा यस उग्रपन्थी आक्रमण भएको हो ।
द हिन्दु दैनिकको अनुसार मंगलबार भएको एम्बुस आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपीपी) का विधायक तिरोङ अबोसहित ११ जनाको ज्यान गएको छ ।
तिरोङ अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । परिवारसहित असमबाट अरुणाञ्चल जाँदै गरेका विधायक तिरोङ आक्रमणमा पर्दा उनको मात्र नभएर उनको छोराको ज्यान गएको छ ।
खोनसा–देओमाली सडकमा भएको यस विस्फोटमा २ जना सुरक्षाकर्मीको पी ज्यान गएको छ । क्रमणको जिम्मेवारी बुधबार बिहान सम्म कसैले लिएको छैन ।