एभिन्यूज टेलिभिजनको वीरगंज ब्यूरो कार्यालय तोडफोड !

फाइल फोट

काठमाडौँ, एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  स्टुडियोबाट माइक हुत्याउदै स्टुडियो बाट बाहिर निस्किए पश्चात सर्वत्र यसको चर्चा पाइन्छ ।

यस पश्चात सोमबार दिउँसो एभिन्यूज टेलीभिजनको वीरगंज ब्यूरो कार्यालयमा तोडफोड भएको छ । एभिन्यूज केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर-११ को होटेल सम्झना नजिक रहेको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको हो ।

पत्रकार सुशील पाण्डेले अन्तर्वार्ता लिनेक्रममा भएको चर्काचर्की र वादविवादकाे विरोधमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको श्रेष्ठले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालका अनुसार तोडफोडमा संलग्न हुनेहरुको बारेमा अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया