एनसिएल टावरको ब्याट्री चोरेर भाग्दै गरेका ४ चोर स्कारपिओ सहित प्रहरीको फन्दामा

आलोक यादव/पब्लिक आवाज
सिरहा , २०७५ पौष ४ गते । एनसिएल टावरको ब्याट्री चोर्ने एक गिरोहलाई चोरेको व्याट्री र गाडी सहित प्रहरीको फन्दामा परेका छन् । धनुषाको बटेश्वर गाउँपालिका १ लक्ष्मीनिबासको जन्मुक्तिचोक स्थित एनसिएलको टाबरबाट मंगलबार राति व्याट्री खोलेर बी.आर.३२ पी.ए.३४५४ नम्बरको भारतीय स्कारपिओ गाडीमा राखेर भाग्दै गरेको बेला बटेश्वर प्रहरीचौकीले पक्राउ गरेको हो ।

गस्तीमा रहेको बटेश्वर प्रहरीचोकीका प्रहरीले रोकेर बिलबुक चेक गर्न खोज्दा एकजना भाग्न खोजेपछि प्रहरीलाई शंका लागेको थियो । त्यसपछि चेकजाँच गर्दा चोरीको व्याट्री फेला परेपछि गाडीमा रहेका चारैजनालाई पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।

उनीहरुलाई अहिले ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ । चोर गिरोह सिरहा जिल्लाको रहेको र उनीहरु यसअघि पनि यस्तै ठुला चोरीको घटनाहरुमा संलग्न रहेको आशंका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया