एक चीन नीति र नेपाल, कसरी फाईदा लिने ?
एक चीन नीति बारम्बार सुनिने शव्दावली हो । यसका कारणले चीन कतिवटा छन भन्ने एकिन गर्न जरुरी हुन्छ । त्यसैले सर्व प्रथम चीन कतिवटा छन भनी निक्यौल गरौ । हालको अवस्थामा शासन व्यवस्थाको आधारमा दुईवटा चीन कायम रहेको देखिन्छ । जुन चीन भनेर हामी बर्तमानमा चिन्दछौ त्यो हो Peoples Republic of China (PRC) जसलाई मेनल्याण्ड चीन पनि भनिन्छ । पुर्वि चीन सागरमा अवस्थित एक टापु जसलाई ताईवान भनिन्छ त्यो पनि चीन नै भएको दावी गर्दछ । ताईवान मेनल्याण्ड चीनको तुलनामा अत्यन्त सानो टापु हो । जो आफुलाई Republic of China (ROC) का नामले समेत चिनाउदछ । चाईनिज ताईपेईका नामले समेत चिनिने उक्त टापुले समग्र चिनको दावी गर्ने भएकाले चिनको आजको अवस्थाले एक जटिल राजनितिशास्त्रीय द्धिविधिको सिर्जना गर्दछ ।
राजनितिशास्त्रमा कुनै एक राजनितिक ईकाई देशको रुपमा रहनका लागि निश्चित भुभाग, सरकार, जनसंख्या र सप्रभुत्वा रहनु पर्दछ । साथै उक्त राजनितिक ईकाईको अन्तराष्ट्र्रिय कानूनी हैसियत समेत रहनु पर्दछ । यसको अर्थ अनतराष्ट्र्रिय मान्यता कायम हुनु पर्दछ । आधुनिक ताईवानमा राज्यका लागि सबै तत्वहरु रहेका छन् तर मान्यता भने सिमित रहेको छ ।
आजको विश्वमा PRC लाई नै प्रमुख चीनको रुपमा विश्वका धेरै देशहरुले मान्यता दिएका छन । किनकी यो चीन एक विशाल जमिन, जनसंख्या, अर्थतन्त्र र सैन्य सामथ्र्य राख्ने देशका रुपमा रहेको छ । संसारभरका देशहरु कुनै न कुनै रुपमा यस PRC संग व्यापार वा अन्य कारणले सम्बन्ध राख्दछन् । त्यसैले आज विश्वमा कुने पनि देशले चीन भन्नाले PRC लाई नै चिन्दछन । यो चीनलाई चिढाउन कोहि पनि चाहदैनन् । तर आज भन्दा केही वर्ष अगाडि संसार भरका धेरै देशहरु PRC लाई होईन की ROC(ताईवान) लाई खास चीन मान्दथे । जसलाई बुझ्नका लागि ईतिहास तर्फ फर्किनु पर्ने हुन्छ ।
दास्रो विश्व युद्धकालमा एसियामा सामरिक शक्तिका रुपमा उदाएको जापानले १९१० मा कोरियान प्रायद्धिपमा र १९३० मा चीनको अधिकांश भागमो कब्जा गरेको थियो । सो अवधिमा चीनमा नेशनालिष्ट र कम्युनिष्टहरुको विचमा आन्तरिक गृहयुद्ध चलेको थियो । कुओमिन्तांग जसलाई नेसनालिष्ट पनि भनिन्छ एका तिर शासनमा थियो भने अर्को तर्फ माओको नेतृत्वमा कम्युनिष्टहरुले गुरिल्ला युद्ध गरिरहेका थिए । दोस्रो विश्वयुद्धमा जापानको भयानक हारसंगै चीनिया गृहयुद्ध अत्यन्त उत्कर्षमा पुग्यो । १९४९ मा माओ नेतृत्वको कम्युनिष्टको जित भयो । यस जितसंगै विसाल चिनको भुभाग कम्युनिष्टको शासनमा गयो । तत्काल माओले चीनलाई जनबादी गणतन्त्र People’s Republic of China स्थापना गराए । तत्कालिन शासनमा रहेको कुओमिन्तांग (नेशनालिष्ट पार्टिका नेताहरु ) बेईजिंगबाट भागेर पुर्वि चीन सागरमा रहेको एक सानो टापु फर्मोसामा पुगे । उक्त समयमा चीनमा नेसनालिष्टको नेता च्याड.काईसेकको नेतृत्वमा शासन रहेकोले उनी आफ्नो पार्टिका केही लोयलिष्टहरुलाई लिई फर्मोशा पुगे । त्यहीबाट उनले गणतन्त्र चीनको शासन चलाउन थाले । उनी एक तानाशाही शासक थिए । कम्युनिष्टको विस्तार रोक्नका लागि तत्कालिन पश्चिमा शक्तिहरु खास गरी अमेरिकाले तत्काल च्यागंकाईसेकको ताईवानलाई गणतन्त्र चीनको मान्यता दियो । उक्त समयमा विश्व शितयुद्धको संघारमा थियो । अमेरिका नेृतृत्वको पुजिबादी पश्चिमा शक्तिहरु कन्टेन्मेन्ट निितको प्रयोग गरि रहेका थिए । एसियामा बढ्दो कम्युनिष्ट विस्तारलाई रोक्नका लागि ट्र्ुमन डक्ट्र्रिनमा आधारित भएर कन्टेन्मेन्ट पोलिसि ल्याईएको थियो । यस अर्थमा अमेरिका पक्षधरले ताईवानलाई एक स्वतन्त्र राष्ट्र्र र आधिकारिक चिनका रुपमा मान्यता दियो । र तत्काल सैन्य तथा आर्थिक समर्थन र सहयोगको घोषणा गर्यो । माओ सम्बद्धहरु यसमा बेखवर नभए पनि त्यति महत्व दिन सकेनन् ।
पश्चिमाको सहयोगमा च्याङ्गकाई सेकले पुरानो चीन जो १९१२ डा. सन् यात्सेनले स्थापना गरेको गणतन्त्र चीनको आधिकारिक शासकका रुपमा करिव २६ वर्ष सैनिक तानाशाहका रुपमा शासन गरे । चीनको आधिकारिक शासकका रुपमा चागंकाईसेकलाई पश्चिमा जगतले मान्यता दियो । पश्चिमा शक्तिराष्ट्र्ले ताईवानको विकासमा महत्वपुर्ण भुमिका निभए । उसलाई सैन्य र आर्थिक सहयोग पनि लगातार आई नै रह्यो । तर बेईजिंगमा रहेको चीनयिा कम्ुयुनिष्ट पार्टिको ध्यान नजिकैको फर्मोशा टापुमा जान पाएन । उसले विशाल चिनमा कम्युनिष्ट शासन स्थापना गरी त्यसलाई संस्थागत गर्ने तर्फ मात्र ध्यान गयो । तत्कालिन राष्ट्र्रपति माओले अन्तराष्ट्र्रिय मान्यता तर्फ खासै मतलव गरेनन् ।
PRC र ROC दुवै आफुलाई आधिकारिक चीन मान्दछन । एकले अर्कालाई मान्यता पनि दिदैनन् । अद्भुद दश्य त के छ भने यि दुई चिनहरु आफु चीन बाहेकको अलग राष्ट्र् भएको घोषणा पनि गर्दैनन । दुवै एक विशाल चिनिया सभ्यताका अभिन्न अंग हुन् । दुई चीन ईतिहासमा कहिल्यै भएन र अहिले पनि छैन । चीन सधै री एक छ भन्ने मान्यता मेनल्याण्ड चीन PRC र Island of Taiwan ROC ले सधै भरी गर्दे आएका छन् । मेनल्याण्ड चीनमा कम्युनिष्ट शासन प्रणाली कायम छ भने ताईवानमा प्रजातान्त्रिक शासन प्रणाली कायम छ । मेनल्याण्ड चीनले ताईवानलाई आफ्नै चीनको एक अंग मान्दछ । उसका अनुसार गृहयुद्धमा जित्न बाँकी रहेको सानो टापु भविश्यमा कुनै पनि बेला विसाल चीनमा मिलाईनेछ । दुवै चीनको सभ्यता समान हो । दुवै चिनमा बसोवास गर्ने मानिस, जाती धर्म र भाषा सबै एउटै हो । जनस्तरमा नै ताईवानलाई अलग र चिनलाई अलग राष्टको रुपमा मानिदैन । त्यस्तै ताईवानले पनि मेनल्याण्ड चीनलाई आफ्नै हिस्सा मान्दछ । दुई चीनको अवधारणामा कसैको पनि सहमत छैन । चिन एउटै हो र छ भन्नेमा सबैको सहमति छ । तर समस्या के छ भने ROC र PRC एक अर्कालाई लेजिटिमेट मान्दैनन् । त्यसैले दुई विचमा कुनै अफिसियल कुटनितिक सम्बन्ध रहेको छैन । किनकी बेईजिंगका अनुसार आफ्नै एक प्रान्तसंग कुटनितिक सम्बन्ध राख्न सकिदैन र त्यस्तै भनाई ताईवानको पनि रहेको छ । तर अनौपचारिक रुपमा यी दुई सरकार विचमा सम्बन्ध भई रहेको छ । जसलाई BACK CHANNEL DIPLOMACY पनि भनिन्छ ।
एक चीन नीतिले चीन एउटै देश भएको कुरामा जोड दिन्छ । यो नीति PRC र ROC दुवैले मान्दछन् । वास्तविकतामा अत्यन्त जटिल शासकिय स्वरुप भएका दुई देशहरु मध्ये मेनलेण्ड चीनले कुटनितिका दौरानमा आफुसंग दौत्य सम्बन्ध कायम राख्ने देशसंग ताईवानसंगको औपचारिक कुटनीतिक सम्बन्ध तोड्नु पर्ने, उसलाई एक राष्ट्र्को मान्यता नदिनु पर्ने कुरालाई स्पष्टसंग राखेको पाईन्छ । त्यस्तै कुरा ताईवानका तर्फबाट पनि आएको छ । दुई चीनको अस्तित्व स्विकार नगर्ने एउटा मात्र चीनलाई मान्यता दिने, अर्को भागलाइृ सोही देशको अभिन्न अंगका रुपमा स्विकार गर्नु पर्ने नीति नै बास्तवमा एक चीन निति हो । यस नीतिले दुबै चीनसंग औपचारिक कुटनीतिक सम्बन्ध स्थापना गर्न दिदैन । एकलाई मान्यता दिएमा अर्कोलाई स्वतः मान्यता नदिईएको ठहर्ने निती नै एक चीन नीति हो । त्यसै हालका दिनमा PRC लाई मान्यता दिने राष्ट्र्रले ROC लाई मान्यता दिदैनन् र ROC लाई मान्यता दिने राष्ट्र्ले PRC लाई मान्यता दिदैनन् । त्यसैेले यी दुई चीनका राजदुतावासहरु आजको विश्वका कुनै पनि देशमा पाईदैन ।
ताईवान एक आर्थिक शक्ति हो । एसियन टाईगर अर्थतन्त्रका रुपमा रहेको ताईवान एक नव औद्योगिक क्षेत्र हो । त्यसैले संसार भरका धेरैजसो देशहरु ताईवानसंग पनि व्यापार गर्दछन् । विश्वका केही देशहरु ताईवानलाई पहिचान नै गर्देनन् । उससंग कुनै व्यपार पनि गर्दैनन् । तर केही देशहरु ताईवानलाई अनौपचारिक रुपमा पहिचान गर्दछन् । र वाणिज्य कार्यालयहरु, सांस्कृतिक कार्यालयहरु खोलेर व्यपार पनि गर्दछन् । अत्यन्त थोरै देशहरु, लेटिन अमेरिकी देश तथा अफ्रिकाको बुर्किनाफासो, बेलिज, होन्डुरस जस्ता साना देशले मात्र ताईवानलाई मान्यता दिएकाछन् ।
१९४९ मा स्थापित कम्युनिष्ट चीन बैचारिक रुपमा अमेरिकाको विरुद्धमा थियो भने सोभियत रुसको पक्षमा थियो । त्यसैले शित युद्धकालमा चीन सोभियत रुसका पक्षमा उभियो । तत्कालिन समयमा अमेरिकाको कन्टेन्मेन्ट नीतिअनुसार उसले चीनको कम्युनिष्ट प्रणाली अन्यत्र सार्न नदिन ताईवानलाई सैन्य तथा आर्थिक सहयोग गर्यो । त्यसैले १९७१ सम्ममा अमेरिकाले ताईवानलाई नै आधिकारिक चीनको मान्यता दियो । किनकी चीन कमयुनिष्ट थियो र सोभियत रुसको मित्र थियो । तर भियतनाम युद्धका कारणले परिस्थितीमा वदलाव ल्याई दियो । उत्तर र दक्षिण भियतनाम विच भएको युद्धमा अमेरिकाको संलग्नताले उसलाई ठुलो नोक्सानी पुर्यायो । उसका करिव ७०,००,००० सैनिकको मृत्यु भयो । उक्त युद्धमा उत्तरी भियतनामका तर्फबाट चीन तथा रुस र दक्षिणी भियतनामका तर्फबाट अमेरिका लडेका थिए । आफ्नो ठुलो हारबाट अमेरिकाले दक्षिण पुर्वि एसियामा प्रवेश गर्नका लागि चीनलाई साथ लिएर जानु पर्ने निती अख्तिायार गर्यो । उसै समयमा चीन तथा रुस विचमा बैचारिक मतभेद उत्पन्न भएको थियो । यही मतभेदले १९६९ मा एक सानो सिमामा रुस तथा चीनको विचमा लडाई समेत हुन पुग्यो । यसबाट दुबै देश विचमा फाटोपना आयो । यही फाटो पनालाई अमेरिकाले चीनसंग सम्बन्ध सुधार्ने मौकाको रुपमा प्रयोग गर्यो । चीन पनि उक्त समयमा कुनै ठुलो शक्ति राष्ट्र्रसंग सम्बन्ध बनाउन चाहन्थ्यो किनकी उसलाई भविश्यमा कुनै पनि बखत रुसबाट खतरा उत्पन्न हुन सक्ने आकलन थियो । रुसको शक्तिलाई कम गर्नका लागि चीनले पनि अमेरिकासंग सम्बन्ध सुधार गर्नका लागि मौका खोजिरहेको थियो ।
सोही परिवेशमा १९७२ मा मेरिकी राष्ट्र्रपति रिचार्ड निक्सनले जनबादी गणतन्त्र चिनको भ्रमण गरे । ईतिहासमा प्थम पटक अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भयो । सोही अवसरमा जनबादी गणतन्त्र चिनसंगको सम्बन्धमा नयापन ल्याउनका लागि उनले एक चीन नीतीलाई स्विकार गरे । उक्त समयमा अमेरिकाले चीनलाई मान्यता मात्र दिएको थियो । उसले ताईवान र चीन लाई आपसी सहमतिबाट समस्या समधान गर्नका लागि यस मुद्धालाई एक विवादित मुद्धाको रुपमा स्विकार गर्यो । पछि १९७९ मा अमेरिकाले औपचारिक रुपमा ताईवानसंगको कुटनीतिक सम्बन्धलाई अन्त्य गर्यो । तथापि हाल सम्म पनि अमेरिकाको ताईवानसंग अत्यन्त राम्रो सम्बन्ध रहेको छ । हाल अमेरिका ताईवानको सबै भन्दा ठुलो हरियार आपुर्तिकर्ता हो । अमेरिकाले करिव ४६ बर्ष देखि चीनलाई एक चीन नीतिमा आवद्ध रहेको जनाउदै आएको छ ।
हालका दिनमा अमेरिकी राष्ट्र्पतिमा डोनाल्ड ट्र्म्पको जितसंगै उनले एक चीन नीतिमा परिवर्तन गर्न सक्ने संकेत गरेका थिए । अमेरिकालाई चीनले व्यापारमा घाटा गराईराखेमा आफु एक चीन नीतिमा पुनर्विचार गर्न बाध्य हुने चेतावनी ट्र्म्पले चुनावको प्रचारका क्रममा दिएका थिए । चीनले उक्त अभिव्यक्तिमा कुनै प्रतिक्रिृया दिएन । तर पछि ट्र्म्पले एक चीन नीतिमा प्रतिवद्धता व्यक्त गरे । चिन र अमेरिका विचको जटिल व्यापारिक र आर्थिक सम्बन्धमा एक चिन नीति एक महत्वपुर्ण औजारका रुपमा रहेको छ ।
नेपाल र चिन विचमा परम्परागत रुपमा कसिलो सम्बन्ध रहेको छ । हालका दिनहरुमा नेपाल र चिनको विचमा आर्थिक सामाजिक, सास्कृतिक, शैक्षिक लगायतका सम्बनधहरु प्रगाढ हुदै गएका छन् । त्यसैले नेपालको चिन एक भरपर्दो साथिको रुपमा रहेको छ भने चिनको लागि पनि नेपालको महत्व बढी रहेको छ । खासगरी दक्षिण एसियामा चिनको रणनितिक विस्तारका लागि नेपालको सहयोग र समर्थन उसको हालको आवश्यकता हो । नेपाल चिन विचको सम्बन्धमा प्रगाढता ल्याउने अर्को पक्ष भनेको नेपालको एक चिन नीतिमा कटिवद्धता पनि हो । प्रारम्भ देखि नै नेपालले चिन मामलामा प्रष्ट र प्रतिवद्ध विदेश नीति अख्तियार गरेको छ । हंगकंग, मकाउ लगायतका विशेष प्रशासनिक क्षेत्रमा चिनको पुर्ण एकाधिकारको पक्षमा नेपाल रहेको छ । तिव्वत मामलामा पनि नेपालले चिनलाई पुर्ण आश्वस्तता दिलाउनमा कुनै कसुर बाँकी राखेको छैन । चिनको संयुक्त राष्ट्र्र संघमा प्रवेश, विश्व व्यापार संगठनमा प्रवेशमा पनि नेपाल हमेशा चिनको साथमा रहेको छ । ताईवानबाट नेपालमा ठुदलो संख्यामा पर्यटकहरु आउने गर्दछन् । साथै ताईवानसंगको व्यापार पनि बढी रहेको सन्दर्भमा ताईवानसंग सास्कृतिक तथा आर्थिक सम्बनधहरु पनि बढी रहेको छ । तर एक चिन नीतिमा नेपाल अडिग छ ।
नेपाल यसको भु रणनीतिक अवस्थितिका कारण सन्तुलित परराष्ट्र्र नीति संचालन गर्नु पर्ने स्थितिमा रहेको छ । हालको विश्व परिवेशमा देखिएका नविनतम भु रणनीतिक परिघटनाहरुलाई संबेदनशिल भई आत्मसाथ गरी उदियमान चिन र बाँकी विश्वसंगको अन्तराष्ट्र्रिय सम्बन्धबाट नेपालले फाईदा लिन सक्नु पर्दछ ।
चक्र प्रसाद ढुंगाना
बेईजिंग युनिभर्सिटिबाट चिनियाँ अर्थतन्त्र विषमा स्नातकोत्तर हुनुहुन्छ ।