एकदम सनसनीपूर्ण प्रश्न :‘ खर्बौ रुपैयाँको वाइडबडी घोटालालाई रहस्यमय बनाउन अर्को दासढुंगा रचिएको

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि भनेर जाने क्रममा हेलिकोप्टर दुर्घटना भएको थियो । अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताइएकोछ । निधनप्रति बिभिन्न नेता तथा समकक्षिहरुले गहिरो दुःख व्यक्त गर्दै धर्मपत्नी विद्या भट्टराई लाई शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् भने केहि जनताहरुमा गम्भीर शंका उब्जिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले फेसबुक पेजमा ताप्लेजुङमा मन्त्रीको निधन मृत्यु हुने गरी भएको दुर्घटनाका सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए ।

फेसबुक पेजमा  लेख्दै नेता भट्टराईले त्यस क्षेत्रमा सानो हेलिकप्टरमा भीआइपी उडानमा पाइलटसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन  तर बुधबार  दुर्घटना भएको हेलिकप्टरमा ७ जना किन राखियो भन्दै शन्कास्पत प्रश्न  मात्र उठाएका थिए ।

भट्टराई फेसबुक पेजमा लेख्नुहुन्छ:-

“भीआइपी उडानमा पाइलटसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरूले । तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।“

प्रतिनिधिसभा सदस्य भट्टराईले उत्तर माग्दै शन्कास्पत प्रश्न  लेखेको स्टाटसमा प्रतिक्रिया जनाउने व्यक्तिले झनै गम्भीर शंका गरेका छन्

विशाल पाण्डे नामबाट गरिएको कमेन्टमा लेखिएको छ, “ड्राइभर अमर लामाको मृत्युसँगै मदन भण्डारीको घटना रहस्यमय बन्यो । त्यस्तै खर्बौ रुपैयाँ वाइडबडी घोटाला काण्ड रहस्यमय बनाउनलाई मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टरलाई गिराएर अर्को दासढुंगा रचिएको त होइन ? यतिबेला जनतालाई शंका लागिरहेको छ । मन्त्री लगायत दुर्घटनामा परी मृत्यु हुने सबैलाई हार्दिक श्रद्धाञ्जली ।”

नेता भट्टराईको फेसबुकमा प्रयोगकर्ताले  श्रद्धाञ्जली समेत आशंका मिश्रित प्रतिक्रिया जनाएका छन् । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया