काठमाडौँ, हिजो फाल्गुन २३ गते बिहिबार मात्र थुना मुक्त गर्न सर्वोच्च अदालादले आदेश दिएर रिहा भएका सी. के. रावतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले भित्र भित्रै सरकारसंग वार्ता गरेर आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट विशेष सम्बोधन गर्दै उक्त कुराको घोसणा गरेका हुन् । रावतको स्वतन्त्र मधेश गठबन्धन आजैबाट विघटन हुने भएता पनि उनि तत्काल नेकपामा प्रवेश नगर्ने कुरा पनि बुझिएको छ ।