पब्लिक आवाज / संवाददाता
बलिउडका चर्चित अभिनेता ऋतिक रोशनले आज आफ्नो ४५ औं जन्म दिन मनाईरहेका छन् । २०१८ मा संसारकै सुन्दर अभिनेताको सूचीको एक नम्बरमा पर्न सफल रोशनले आज जन्म दिन मनाइरहेका छन् । उनलाई जन्मदिनको अवसरमा उनलाई सामाजिक संजालमा शुभकामना दिनेको ओइरो लागेको छ ।
यसैबीच ऋतिक रोेशनकी पूर्व पत्नी सुज्यान खानले पनि ऋतिकलाई जन्म दिनको शुभकामना दिएकी छिन् । विवाह गरेको १४ वर्षपछि ऋतिककी पत्नीले सन् २०१४ मा ऋतिकलाई डिभोर्स दिइकी थिइन् ।
अहिले तिनै सुज्यान खानले ऋतिकलाई “सोल मेट”भन्दै जन्मदिनको शुभकामना ऋतिककी पूर्वपत्नी सुज्यानले ऋतिकलाई सोलमेट भन्दै शुभकामना दिएकी छिन् ।
View this post on Instagram
यसरी पूर्व पत्नीले दिएको शुभकामनालाई बलिउडमा चर्चाको बिषय बनाईएको छ । सुन्दर अभिनेता ऋतिक रोशनलाई पब्लिक आवाज टीमको तर्फ बाट पनि जन्म दिनको शुभकामना छ ।
ऋतिक र सुज्यान खानबीचको सम्बन्ध विच्छेदको कारण अभिनेता अर्जुन रामपाललाई बताइएको थियो । सुज्यान खान ऋतिककै मिल्ने साथी अर्जुन रामपालको प्रेममा परे पछि ऋतिकसँग सम्बन्ध विच्छेद गरेको पनि खबर सार्र्वजनिक भएका थिए ।
यी अभिनेतृहरुसँग डेट गरिसकेका छन् ऋतिकले