उपराष्ट्रपति कार्यालय अब लैनचौरमा !

फाइल फोटो

काठमाडौँ, आजबाट उपराष्ट्रपति कार्यालय लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा सरेको छ ।

सरकारले भदौ २१ गते समाज कल्याण परिषदमा उपराष्ट्रपति कार्यालय र निवास बनाउने र उक्त परिषदलाई त्यहाँबाट बालकल्याण समितिको भवनमा सार्ने निर्णय गरेको थियो ।

उपराष्ट्रपति कार्यालय कान्तिपथबाट केही दिनमा त्यहाँ सर्ने भएता पनि निवासको रूपमा आजैदेखि भवन प्रयोग हुनेछ । यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन गैरीधाराको सरकारी निवासमा बस्दै आएका थिए ।

उपराष्ट्रपति निवास र कार्यालय हुने ४५ कोठे समाज कल्याणको यस भवनलाई हरियो रङ लगाएर ग्रीन हाउस नामाकरण गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया