काठमाडौँ, १८ असोज । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १५९९ जना सक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनालाई संक्रमण पुष्टि भएको हो।
आइतबार नेपालभर २२५३ जनामा कोरोना संक्रमण देखिएको थियो। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २९ जना निको भएका छन्।
देशभरि थपिएकामध्ये झन्डै ७१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका हुन्।