उडिरहेको जहाजमा यात्रुले चुरोट तान्न थालेपछि…

काठमाडौं । बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए ।

जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट तान्न निषेध गरिएको छ । यात्रुबाट भएको गम्भीर लापरबाहीमा विमानस्थल सुरक्षामा खटिएका प्रहरीको समेत कमजोरी देखिएको छ । यस्तो वस्तु यात्रुको साथमा हुँदा दुर्घटनासम्मको जोखिम हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया