काठमाडौँ, कोटेश्वरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने टाटा सुमो चालक बुधबार बिहान पक्राउ परेका छन् ।
अव्यवस्थित ठाउँमा लापरबाही तरिकाले पार्किङ्ग गरेको कुरामा प्रहरीले प्रश्न गर्दा महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिन खोज्दा उक्त चालकलाई पक्राउ गरिएको हो ।
से.१ ज ४८४ नम्बरको टाटा सुमो गाडीका चालक उदयपुर स्थायी घर भएका ३९ वर्षीय आशाराम चौधरीले गाडीको कागजपत्र माग्दा प्रहरीलाई घुस दिन खोजेका हुन् ।
ओअक्राउ परेका चौधारीलाई सिभिल प्रहरीमा बुझाइएको छ ।