आवश्यक परे सी. के. राउतलाई मंत्री पनि बनाइन्छ, भिम रावलसंग सोधीराख्नु पर्दैन : प्रधानमंत्री ओली !

काठमाडौँ, रौतहटमा आयोजित एक कार्यक्रममा भाग लिन पुगेका प्रधानमंत्री ओलीले केहि अगुवा कार्यकर्ताहरु संगको कुराकानीमा उनले आफूले गर्ने निर्णयबारे पार्टी नेता भिम रावलसंग सोध्नुपर्ने कुनै आवश्यकता नभएको बताएका छन् । सी. के. राउतसंग भएको सहमतिबारे नेता भिम रावलको प्रतिक्रियाबारे रौतहटका स्थानिय कार्यकार्तासंगको कुराकानीमा ओलीले आफू प्रधानमंत्री र साथै पार्टी अध्यक्ष समेत रहेको हुँदा आफूलाई रावलसंग सबै कुराबारे सल्लाह गर्नु पर्छ जस्तो नलाग्ने बताएका छन् ।

रौतहटक एक नेताका अनुसार प्रधानमंत्री ओलीले सी. के. राउत जस्ता विद्वान मान्छीको आवश्यकता सरकारमा रहेकोले आफूले त्यसको चाँजोपाँजो मिलाइरहेको बताएका हुन् । नेताका अनुसार प्रधानमंत्री ट्वीटबारे क्जुरा गर्दै भन्छन्, ‘ कस्ले के भन्छ, कस्ले के ट्वीट गर्छन् त्यो मलाई थाह छैन, प्रचण्ड कामरेडसंगै छन् मेजर कुरा हामीबीच सल्ला भएकै हुन्छ अव रावलजीहरुलाई के टेन्सन भइरहेको हुन्छ त्यो ठुलो कुरा होइन । सरकारले निर्णय गरिसकेपछि सकियो र सरकार देशहितमा नै कुनै निर्णय गर्नेछन् । ‘

  नेकपाको प्रदेश २ ले रौतहटको गरुडामा आयोजित गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले सरकार विकासको लागि गम्भीरतापूर्वक र सजगतापूर्वक अगाडि बढेको बताएका छन्। तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका हुन्।

 प्रधानमंत्री ओलीले पृथकवादी र अलगावादी राजनीतिको भविष्य नभई देशको समृद्धि नै एकमात्र बाटो देखेर सीके राउत नेतृत्वको समूह देशको अखण्डता र अविभाज्यतालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यबद्ध भएका बताएका छन् । प्रधानमंत्री ओलीले नेकपाको एकीकरण पार्टी फस्टाउन मात्र नभएर देशको शान्ति र समृद्धिको सपना साकार पार्न भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया