काठमाडौँ, भनिन्छ लोग्ने-स्वास्नीको झगडा ‘ परालको आगो ‘ । तर यहाँ त सामान्य विवादमा निकै अप्रिय घटना घटेको छ ।
हजुर, बाँके जिल्लाको डुडुवा गाउँपालिका ६ पट्वारीपूर्वामा आलु बारीमा काम गर्दा गर्दै उब्जेको सामान्य विवादमा एक श्रीमानले आफ्नी श्रीमतीलाई कोदालेले हानेर उनको हत्या गरेका छन् ।
बुद्धिराम मुराउले श्रीमती राधा मुराउलाई फरुवा(कोदालो) ले हिर्काएर हत्या गरि आफु भने फरार भएका छन् । प्रहरीका अनुसार उनको खिजी कार्य भैरहेको छ ।
मंगलबार आलु खन्न र प्याजमा सिंचाई गर्न खेत तिर लागेका लोग्ने–स्वास्नीको सामान्य विवादमै लोग्नेले कोदालोले हानेपछि श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकको प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताएका छन् ।
घटनाबारे थप जानकारी आउन बाँकी छ ।