काठमाडौँ, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको समाजसेवा प्रतिको लगाव र आयांका फाउन्डेसन बारे त हामी सबै अवगत नै छौँ । आयंका फाउन्डेसनको संचालनको केहि समय पश्चात यस फाउन्डेसनले आफ्नो पहिलो कार्य सम्पन्न गरेको छ ।
गत सोमबार धनुषामा एक कार्यक्रम संचालन गरि आयंका फाउण्डेशनले पन्चकन्या ग्रुपको सहयोगमा धनुषा धामका तीनवटा विद्यालयमा छात्राको लागि छ वटा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ ।
साथै उक्त विद्यालयका विद्यार्थीलाई के.जि.एच फाउन्डेसनको सहयोगमा ब्याग, पुन प्रयोग गर्न मिल्ने कपडाको प्याड वितरण गर्नुका साथै वातावरणमैत्री अभियानस्वरुप वृक्षारोपण पनि गरेको हो ।
वृक्षारोपणमा सोहि विद्यालयमा फलफुलको बिरुवा रोपिएको छ । उक्त शुभकामको लागी नायिका कार्कीले आफ्नो तिथि अनुसारको जन्मदिन रोजेकी हुन् ।
सोहि कार्यक्रममा उनले केक काट्दै आफ्नो जन्म दिन पनि मनाएकी थिइन् । ‘न महिना वारी न महिना पारी म हुँ महिना भरि’ भन्ने मूल नाराको साथको अभियान साच्चै प्रशंशनिय छ ।