आमा बाबुलाई प्रेम दर्शाउन नसक्नेले छोराछोरीबाट प्रेम खोज्नु अपराध हो-डा. योगी विकाशानन्द

डा. योगी विकाशानन्दले जीवन अमूल्य भएकोले प्रत्येक मानिसले आनन्दसँग बाच्न सिक्नुपर्ने बताएका छन् । उनका अनुसार, जीवनमा आनन्दसँग जिउनका लागि सकारात्मक सोच, दृष्टिकोण र विचार आवश्यक छ । यहाँ हामीले उनका केही उपयोगी भनाईहरु उल्लेख गरेका छौं । डा. योगी विकाशानन्दका भनाई तपाईंलाई पनि जीवनउपयोगी हुन सक्छन् :

दुःखको भरपुर सदुपयोग गर्नुस् सुख खोज्नै पर्दैन ।
हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छिपनाले टोक्छ ।
सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महानता हो ।
तपाईं असफलतामा झेल्न चाहानुहुन्न भने सफलताको हकदार पनि हुनुहुन्न
आमा बाबुलाई प्रेम दर्शाउन नसक्नेले छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
जो डरका बाबजुद अघि बढ्छ त्यो नै बहादुर हो ।
यति भिन्नैखाले राजनीतिको अपेक्षा गर्नुहुन्छ भने भिन्नैखाले राजनेता खोज्नुस्
मान्छे सम्पत्ति नभएर गरीब कहिल्यै हुँदैन, सम्पत्ति नचिनेपछि बल्ल गरीब हुन्छ ।
अविवाहितहहरु प्रेमको प्रभावले बर्बाद हुन्छन् भने विवाहितहहरु प्रेमको अभावमा बर्बाद हुन्छन् ।

सम्भोग पनि ३ प्रकारको हुन्छ : डा. योगी विकाशानन्द

सेक्स मानिस उत्पादन गर्ने मेसिन हो । सेक्सविना सिर्जना समाप्त हुन्छ । सेक्स आनन्द पनि हो ।संसारमा मानिस र डल्फिनले मात्र आनन्दका लागि सेक्स गर्छ । सेक्स निरोग र मुक्तिको माध्यम पनि हो।

सेक्स आध्यात्मिक, तान्त्रिक र हिलिङ गरी ३ प्रकारका हुन्छन् । सेक्सलाई चरमआनन्दमा लाने हो भने त्यो स्वास्थ्य हो ।चरमआनन्दमा यसले मुक्ति मिल्छ । मानवसेक्समा आध्यात्म जोडिएको हुन्छ । चरमआनन्द आध्यात्मीक सेक्स हो ।

स्खलित हुनुमात्र सेक्स होइन त्यसको मजा लिन सक्नुपर्छ । तान्त्रीक सेक्सको अन्त्य हुँदैन ।यसमा मोजमात्र लिनु तर स्खलित नहुनु भनिन्छ । हिलीङ सेक्स लामो प्रक्रिया हो । यसमा पनि अन्त्य हुँदैन ।

यसले मानिसलाई समाधिमा लान सक्छ । सेक्सलाई ठिकसंग प्रयोग गर्ने हो भने उ शारीरिक र मानसिकरुपमा स्वस्थ रहन्छ ।त्यसैले पश्चिमा मुलुकमा सेक्सलाई थेरापीको रुपमा लिन थालिएको छ । सेक्स मनको एक भाग हो ।

सेक्स आममानिस, साधक र मुक्तात्मामा फरकफरक छ । आममानिसले सेक्सलाई प्राकृतिक रुपमा लिन्छन् ।साधकका लागि सेक्स ऐच्छिक कुरा हो । मुक्तात्माहरु सेक्सलाई मुक्ति ठान्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया