काठमाडौँ, मेक्सिकोकी वातावरण तथा प्राकृतिक स्रोतमन्त्री जोसेफा गोन्जालेज ब्लान्को ओर्टिज मिनाले शुक्रबार आफ्नो कारण विमानको उडान ढिलो भएपछि शनिबार राजीनामा दिएकी छिन् ।
शुक्रबार यात्राका क्रममा आफ्नो कारणले विमानको उडान ढिलो भएको उल्लेख गर्दै मन्त्री गोन्जारेज ब्लान्कोले राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओबादरसमक्ष राजीनामा बुझाएकी हुन् ।
मेक्सिकोको रुपान्तरणका लागि समता र न्यायलाई महत्व दिनुपर्ने पनि उनले आफ्नो राजिनामा पत्रमा उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘ कसैले पनि यस्तो सुविधा पाउनुहुन्न, एउटाको फाइदाका लागि धेरै मानिसलाई समस्यामा पार्नुहुन्न । ‘
यस बारे राष्ट्रपतिले ओबारले भने, ‘ उनले राजीनामा दिनुको कारणबारे मलाई इमान्दारीपूर्वक भनेकी छन्, मैले यसलाई (राजीनामा) स्वीकार गरेको छु । ‘