आफ्नै श्रीमती माथी एसिड प्रहार गर्ने विष्णुको यस्तो बयान !

फाइल फोटो

काठमाडौँ, राजधानीको कालोपुल नजिकै डेरा गरी बस्दै आएकी जेनी खड्का नाम भएकी एक युवती माथि आफ्नै श्रीमानले एसिड प्रहार गरेका छन् ।

एसिड प्रहार गर्ने जेनीका श्रीमान विस्णु भुजेललाई प्रहरीले काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएसकेको छ । पक्राउ परेका भुजेलले प्रहरी सामु आफ्नो अपराध पनि स्वीकार गरिसकेका छन् ।

पक्राउ पश्चात महानगरीय प्रहरी परिसरमा राखिएका भुजेलले पारिवारिक झगडामा एसिड प्रहार गरेको बयान दिएका छन् । भुजेलले आफुले पटक-पटक घर आउन आग्रह गर्दा नमानेपछि रिसको झोकमा एसिड प्रहार गरेको बयान दिएका हुन् ।

कालोपुल आएर कोठा बाहिर बोलाइ भुजेलले खड्का माथि एसिड प्रहार गरेका प्रहरीले जनाएको छ । विष्णुले जेनीको उमेर १४-१५ वर्ष हुँदा नै भुजेलले भगाएर विवाह गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

उनको बयान अनुसार ६ बर्ष अघि विवाह भएका उनीहरुको सन्तानको रुपमा एउटा छोरा पनि छ । घरमा जेठी श्रीमती रहेको र आफु दोश्री श्रीमती भएको थाहा पाए पश्चातबाट खड्का माइतिको डेरामा बसेर छोरालाई आफूसँगै हुर्काउँदै गरेकी थिइन् ।

प्रहरीका अनुसार जेनीले फिर्ता हुन नमानेपछि उनले एसिड प्रहार गरेका हुन् । एसिड प्रहारको कारण अनुहार, छाती, हात लगायतका अंगहरु जलेकी उनको हाल कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया