काठमाडौँ, बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई आफ्नै १० महिनाकी छोरी हत्या गरेको आरोपमा बावु-आमा पक्राउ परेका छन् ।
आफ्नै छोरीलाई जलाएर हत्या गरेको आरोपमा प्रहरीले दार्चुला व्याँस गाउँपालिका–५ चुकपानीका बावु नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो ।
आगो लगाएर भाग्दै गर्दा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छन् ।
स्थानियको खबर पश्चात उक्त दम्पतिलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको थियो । पक्राउ पश्चात उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराको टोलीले सदरमुकाम ल्याएको हो ।
घटना बारे थप अनुसन्धान भैरहेको हरी प्रवक्ता बोहराले बताएका छन् ।