आफ्नै दाइको ८ वर्षीया छोरीलाई जबरजस्ती क,रणी गरेको आरोपमा २४ वर्षीया काका पक्राउ

महोत्तरी \ ८ वर्षीय वालिकालाई क,रणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् ।१० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई ज बरजस्ती क रणीको गरेको आरोप उनीमाथि लागेको छ ।

बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।

अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुखसमेत रहेका रावलको भनाइ छ ।

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया