आफ्नै छोरी बलात्कार गर्दै आएका नेपाल सरकारका उपसचिव पक्राउ !

काठमाडौँ, आजकल बलात्कारका घटनाहरु यत्रतत्र सुन्न पाइन्छ ।  आफन्तद्वारा नै बलात्कृत बालिकाको आसुले देश डुबेको छ । यस्तैमा एक जिम्मेवार पदमा बसेका व्यक्तिद्वारा आफ्नै छोरीको बलात्कारको एक घटन बाहिरिएको छ ।

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव आफ्नै छोरीको बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय नाम नखुलाइएका यादव थर भएका उक्त कर्मचारीले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पर्ने गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

यस घटनाबारे पिडितकी आमालाई पनि जानकारी नभएको होइन । परिवारको इज्जतको ख्याल गर्दै आफ्ना श्रीमानलाई सचेत गराउँदै आउँदा पनि यो क्रम नरोकिए पश्चात बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ ।

कक्षा १२ मा अध्यनरत पिडितको नाम खुल्न जाने भएकाले पीडकको नाम नखुलाइएको प्रहरीको दावी छ । पक्राउ परेकाललितपुर धोविघाट बस्दै आएका उपसचिवविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरि अनुसन्धान अघि बधाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया