आफू बारे नकारात्मक टिप्पणी गर्ने बुद्धिजीवीहरुलाई जवाफ दिए थला पर्ने प्रधानमन्त्री ओलीको चेतावनी (भिडियो सहित)

फाइल फोटो

प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीहरुलाई आफूले जवाफ दिएर थला पर्ने भन्दै चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुधबार राति आफुमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्रीले ओलीले उक्त कार्यक्रमा भने कुनै–कुनै बुद्धिजीवीहरुको टिप्पणी अत्यन्तै असभ्य, तल्लोस्तरको छ ।

त्यस्ता बुद्धिजीवीहरुलाई सञ्चारमाध्यममा आउनुभन्दा अगाडि एक पटक उनि हरुले म संग वादविवाद गरे ,आफुले जवाफ दिदा उनीहरु थला पर्ने सम्भावना भएका ले उनीहरुलाई थला पार्न नचाहेको बताए । प्रधानमन्त्री ओलीले आफूले ती बुद्धिजीवीहरुलाई जोनेको र वादविवाद अथवा आफूसँग सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छाएको हो कि हैन भनेर समेत सोधेका छन्।

गोपनियताको वास्ता नगर्ने सरकारकै भत्ता,पेन्सन खाने र सरकारी सुविधा लिएर जथाभावी बोल्ने प्रवृति देखिएको साथै असभ्य ढंगले टिक्काटिप्पणी गरिरहँदा त्यसमा भएका अलिकति असलियत बाहिर आउँदा उहाँहरुको हालत के हुन्छ,त्यो विचार गर्नुपर्ने प्रधानमन्त्रीले ओलीले सोही कार्यक्रममा चेतावनी दिए । आफूविरुद्ध बुद्धिजीवीहरुले अपमानजनक टिप्पणी गरेपनि जवाफ नदिने बरु प्रश्न सोधिरहने बताए ।

एसिया प्यासिफिक सम्मेलनका क्रममा युनिभर्सल पिस फेडेरेसनबाट एक लाख डलरको पुरस्कार लिएपछि प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न टिक्काटिप्पणी भइरहेका छन् । बाँकी भिडियोमा हेर्नसक्नु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया