आज साउन महिनाको पहिलो सोमबार यसरी गर्नुहोस भगवान शिवलाई प्रशन्न !

D2F339 Shiva lingam Vrindavan. India.

हिन्दू धर्ममा सोमबार भगवान शिवलाई समर्पित गरिएको छ। धेरै मानिसहरूले सोमबार भगवान शिवको पूजा गर्छन्। केही व्यक्ति सोमबार भगवान शिवको लागि व्रत पनि राख्छन्। सोमबारको दिन केहि उपाय गर्नाले भगवान शिव छिट्टै प्रशन्न हुन्छन् र तपाईंको मनोकामना पूरा गर्छन्।

सोमबार व्रत तथा पूजाको महत्व

यस्तो विश्वास गरिन्छ कि जसले सोमबारको दिन भगवान शिवको पूजा गर्छ र उपवास राख्छ उसले सधैं भगवान शिवको आशिष् प्राप्त गर्छ। भोलेबाबाले आफ्ना भक्तका हरेक मनोकामना पूरा गर्छन्। सोमबारको व्रत राख्नाले जीवनमा रहेका दुःख, रोग, कलह, समस्या र वित्तीय कठिनाइ हटेर जानेछ। विवाह सम्बन्धि समस्या छ भने पनि सोमबार व्रत राख्नु सकारात्मक हुन्छ।

सोमबारको दिन गर्नुहोस यी उपाय

सोमबार बिहान स्नान गरेर १०८ पटक महामृत्युंजय मन्त्र जप गर्नुहोस्। यसो गर्नाले जीवनमा सुख-समृद्धि प्राप्त हुन्छ। सोमबार शिवको पूजामा बेल पत्र, अक्षता, चन्दन, धतुरो अर्पण गर्नुहोस्। यसो गर्नाले भगवान शिव छिट्टै प्रशन्न हुन्छन्। भगवान शिवलाई सोमबार अभिषेक गर्नाले विवाह सम्बन्धी सबै समस्याहरू हट्नेछ। हरियो, रातो, सेतो, पहेंलो वा आकाश रंगको कपडा लगाएर सोमबारको पूजा गर्नुहोस्।

शिवको पूजा गर्दा नगर्नुहोस् यस्ता कार्य

भगवान शिवलाई प्रशन्न पार्नको लागि निकै सजिलो हुन्छ तर सानो गल्तीले पनि भोले बाबा रिसाउनु हुन्छ। सोमबारको पूजा कहिल्यै कालो कपडा लगाएर गर्नु हुँदैन। भगवान शिवको पूजामा तुलसीको प्रयोग निषेध गरिएको छ। भगवान शिवलाई नरिवलको पानी कहिले पनि चढाउनु हुँदैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया