आज फेरी भुकम्पको अर्को धक्का !

फाइल फोटो

काठमाडौँ, केहि दिन यता लगातार भुकम्पको धक्का महशुस गरिएको छ । यसै बीच आज सोमबार फेरी भुकम्पको अर्को धक्का महशुस गरिएको छ ।

करिब ११ बजेर ३५ मिनेट जाँदा सिन्दुपाल्चोक आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्दुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

गत हप्ताको बुधबार पनि एकै दिन ३ धक्का महसुस गरिएको थियो । लोकतन्त्र दिवसको दिन धादिङलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ९, ४ दशमलव ३ र ५ दशमलव २ रिक्टरस्केलका ३ भूकम्पको धक्का महसुस गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया