आज काठमाडौँ लगायतका क्षेत्रमा मेघ गर्जन सहित बर्षाको सम्भावना !

फाइल फोटो

काठमाडौँ, आजकलको क्षणभरमै बदलिँदो मौसमले हामी आजित भैसकेका छौँ । एकछिनमा घाम लागी रहेको स्थानमा एकछिनमा पानी पर्दछ र एकछिन्मै ठुलो हावाहुरी लागिदिन्छ पत्तै हुँदैन ।

यस्तैमा मौसमविद्हरुले आज बेलुका काठमाडौँ लगायत मध्य भेगमा मेघ गर्जन सहित बर्षा हुने अनुमान लगाएका छन् । बिहान देखीनै आज आकाशमा बादल छाएको छ ।

मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावका कारण बद्ली भएको हो । मौसमविद् गंगा नगरकोटीले काठमाडौँ लगायत मध्य भेगमा आज दिनभर मौसम बद्ली हुँदै खुल्ने र बेलुका मेघ गर्जन सहित बर्षा हुने सम्भावना रहेको बताएकी छिन् ।

त्यसै गरी आज देश पूर्वी भेगमा भने दिउँसो बर्षा हुने सम्भावना रहेको उनि बताउँछिन् । उनि भन्छिन्, ‘ वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी पर्ने सम्भावना रहेको हो । ‘

मौसमविद् नगरकोटीले तराईमा आज दिनभर मौसम सफा रहने बताएकी छिन् । पानी नपर्ने हुँदा तराइका भेगमा गर्मी हुने सम्भावना रहेको र पहाडी भेगमा केही शीतल हुने अनुमान रहेको पनि मौसमपुर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया