काठमाडौं / पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले आगामी तीन दिन देशको पहाडी भू-भागका विभिन्न स्थानमा वर्षाको सम्भावना छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार हाल मौसमको अवस्था पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।आज बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा वर्षा हुने तर अन्य भू-भागमा मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ।
आगामी २४ घण्टा देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।







