आखिर किन आकाशमै होल्ड गरियो प्रधानमंत्री चढेको विमान, छानविन गर्न समिति गठन !

काठमाडौँ, प्रधानमंत्री के.पी शर्मा ओली मंगलबार झापाबाट फर्कने क्रममा चढेको विमानले अवतरण गर्नु अघि आकाशमा ३ चक्कर लगाएको थियो ।  यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै पनि आखिर किन आकाश मै होल्ड गरियो त उक्त बिमान भन्ने बारे छानबिन समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति गठन गरेको छ । भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्ने हुन्छ ।

सुरक्षा र समयको हिसाबले पनि यो निकै महत्वपुर्ण हुने हुँदा,  उक्त विमान होल्डगरिएको विषयलाई गम्भीर रुपमा लिइने मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया