आँधीहुरी प्रभावित क्षेत्रमा सरकारद्वारा आधुनिक चुल्हो र सोलर उपलब्ध गराइने !

फाइल फोटो

काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । साथै सरकारले पनि विभिन्न सुविधाहरु उपलब्ध गराई नै रहेको छ । यस्तैमा संघीय सरकारले आँधीहुरी प्रभावित क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त विनासकारी विपत्तिका कारण कयौं परिवार घरबार विहिन भएका र विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध भई सूचारु गर्न नसकिएका बेला मंगलबार ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले एक-एक हजार थान आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै अवरुद्ध विद्युत सेवा पुनः सुचारू गर्न योजना र बजेट निर्माण गर्ने र १३२, ३३ र ६६ केभीको लाईन सुरु गर्ने निर्णय भएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया