आँधीहुरी प्रभावितलाई रेड क्रस सोसाइटी अफ चाइनाद्वारा ५० लाख सहयोग !

फाइल फोटो

काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । साथै सरकारले पनि विभिन्न सुविधाहरु उपलब्ध गराई नै रहेको छ । यस्तैमा आँधीहुरी प्रभावितलाई रेडक्रस सोसाइटी अफ चाइनाले ५० लाख सहयोग गरेको छ ।

शनिबार रेडक्रस सोसाइटी अफ चाइनाको प्रतिनिधित्व गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ यानकीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी सो रकम हस्तान्तरण गरेकी हुन् ।

भेटमा यानकीले रेडक्रस सोसाइटी अफ चाइनाले पीडित तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको बताउँदै आफूहरूले नेपालीलाई दु:खद घडीमा साथ र सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया