आँधीहुरी प्रभावितलाई कृषि विकास बैंकको १५ लाख सहयोग !

फाइल फोटो

काठमाडौँ,  एक साता अघिको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । साथै सरकारले पनि विभिन्न सुविधाहरु उपलब्ध गराई नै रहेको छ । यस्तैमा कृषि विकास बैंकले हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले उक्त रकम प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया