आँधीहुरी प्रभावितको लागी बाबुराम भट्टराईद्वारा ५ लाख सहयोग !

काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । साथै सरकारले पनि विभिन्न सुविधाहरु उपलब्ध गराई नै रहेको छ । यस्तैमा नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।

बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई भट्टराईले रु. ५ लाखको छेक हस्तान्तरण गरेका हुन् । मन्त्री सोनलका अनुसार उक्त रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया